काठमाडौं : नेपाल फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्।
छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी पूरा गरेको पनि उनले बताए।
यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ।
खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ।
फिफा वरीयतामा यमन १५६ औं स्थानमा रहेको छ। नेपाल भने १७३औं स्थानमा रहेको छ।
Facebook Comments Box