Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयाघात भएको छ। बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति साढे १ बजे बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ। ​चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको  मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन्।  उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ का २० वर्षीय युवराज शाहु बुधवार साँझ पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरमै फेला पारी पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः कैलालीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगर पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कैलालीले वन मुद्धामा २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले बुधबार साँझ उनलाई घरको ठेगानाबाट पक्राउ गरेको बताएको छ।

Read More

कञ्चनपुर : यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ। उनले थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घरआँगन सजाउन लागेको बताए। “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उनले भने, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो।” उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए। थारु समुदायमा दसैँ विशेष…

Read More

सुर्खेत: राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनपछि एक महिलाको हत्या गरेको पाइएको छ। गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ९डिएसपी० नमराज भट्टराईले जानकारी दिए। भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको उनले जानकारी दिए। लोकबहादुर गत असोज ३ गते नवौ संविधान…

Read More

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ। सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट एवं पूर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरेको वनले जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाईका नाममा रूख काटेको प्रकरणमा हिरासिंह विष्ट र केशवराज जोशीलाई पक्राउ गरिएको बताए। यसअघि बेलौरी नपा ६ का वडायक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो। अर्का आरोपी मदन सिंह बोहरा भने फरार रहेको…

Read More

बैतडी: बैतडीमा जिप र कार एकआपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। खोचलेकबाट सतबाँझतर्फ आइरहेको म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार बुधबार साँझ ५ बजेतिर एकआपसमा ठोक्किएका हुन्। जिप र कार एक आपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक खत्रीले बताए।

Read More

काठमाडौँ : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

बझाङ: हिजो राति बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०:०४ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए। दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।

Read More