धनगढी : राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहा, कैलालीका अध्यक्ष नहकुल बममाथि खुकुरी ‘छप्काउन’ खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा समीर शाही, विज्ञान शाही र सागर शाह रहेका छन्।
तीन जनालाई समातिएको र अन्य ११ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर कान्तिराज जोशीले बताए।
उनकाअनुसार अन्यको खोजी जारी रहेको छ भने पक्राउ परेका तीन जनाबिरुद्ध थप अनुसन्धानका लागि अदालतबाट आज म्याद थप गरिएको छ।
कार्तिक १८ गते राति जिल्लाको लम्कीचुहा नगरपालिकास्थित वडा नम्बर १ मा बममाथि हतियार प्रहार भएको थियो।
ठेक्कापट्टा गर्ने चिसापानीका युवा उमेशजंग शाहीको समूहले योजनाबद्ध आक्रमण् गरेको बमको भनाइ छ। उनले उमेशजंगसहित १४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
सम्बन्धित समाचार :
कैलालीमा लफडा, युवा संघका नेतामाथि हतियार प्रहार
Facebook Comments Box