डडेल्धुरा : आलिताल गाउँपालिकामा अटो दुर्घटनामा घाइते भएकालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका-५ घर भएका ४७ वर्षकी लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको हो। अटो गोदामदेखि आलिताल- ५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह१७४० नम्बरको दुर्घटना भएको थियो। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार रूपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रूपमा पत्र बुझिसकेको जानकारी दिए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा अटो दुर्घटना भएको छ। आलिताल- ८ को पालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा परि २ जना घाइते भएकाे प्रहरीले जनाएको छ। घटनाको थप विवरण भने आउन बाँकी छ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गए राति पौने १० बजे बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि गाडी चालक बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालय दाङमा राखिएको वलीले बताए । वलीका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी…
डोटी : डोटीमा जीप दुर्घटना भएको छ । जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप पानीखालमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।
बबझाङ : झाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। जीप चालक विनोद धामीसहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् । २५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यस्तै…
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ। प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। गत वर्षको दसैँमा पनि प्रधानमन्त्री प्रचण्डले आफूले टीका लगाएका थिएनन्। परिवारलाई भने उनले टीका लगाइदिएका थिए। दसैँमा नेता–कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको उनले जानकारी दिए। गएको असार २७ गते प्रधानमन्त्रीपत्नी दाहालको निधन भएको थियो।
कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् । यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो । त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त…
काठमाडौं : बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन् । बिहीबार उनी दुईदिने भ्रमणका लागि इजरायल पुगेका हुन् । इजरायलमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपतिसँग भेट गरेका छन् । प्रधानमन्त्री नेतन्याहुसँगको भेटमा बेलायती प्रधानमन्त्री सुनकले हमासलाई सजाय दिने इजरायली अधिकारको सम्मान गर्ने बताएका छन् । साथै उनले हमासले भन्दा इजरायले नागरिकलाई कम क्षति गर्ने प्रयास गरेको बयान दिएका छन् । उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै हमासविरुद्ध इजरायलले गर्ने कारबाहीको सम्मान र समर्थन रहेको बताएका छन् । राष्ट्रपतिसँगको भेटमा गाजामा मानवीय सहायताका लागि भएको घेषणाको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार, सुनक र राष्ट्रपति हरजोगले गाजामा प्यालेस्टाइनी नागरिकलाई…