Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो प्रहरीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट १ ब्राउनसुगरसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा तामाङको साथबाट उक्त पदार्थ फेला परेको बताइएको छ ।

Read More

कञ्चनपुर: इजरायलबाट उद्धार गरि दिल्ली ल्याइएका नेपालीहरू बुधबार बिहान कञ्चनपुर आइपुगेका छन्। दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्। महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्। उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्थासहित घर पठाएको हो। अब उनीहरुलाई घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। १८ जनामध्ये अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुँदै आ–आफ्ना घर फर्किने बताइएको छ।

Read More

जोमसोम: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्। बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ आएका प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गरेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्ने तालिका रहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका(६ बेलौरी बजारको खुला मञ्चबाट ०।३७ ग्राम लागूऔषधसहित सोही नगरपालिका वडा नम्बर–४ का २६ वर्षीय टेकबहादुर चौधरी मंगलवार राति पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले चौधरीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस्तै बुधवार बिहान लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। बेलौरी नगरपालिका(७ नकैयाबाट ९।७८ ग्राम लागुऔषधसहित पिलिभित भगवानपुरी थाना वेहला ग्राम भारतका ४० वर्षीय महेन्द्र सिंहलाई बुधवार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बेलौरी प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन्। बुधबार ११ बजेका लागी बोलाइएको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। संविधान विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ। तर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सरकार गठनको अन्तिम विकल्प अर्थात संविधानको धारा १६८ उपधारा ५ अनुसार कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्ति भएका थिए। सरकार गठनको क्रममा आफ्नै पार्टी तथा केन्द्रिय सत्तारुढ गठबन्धनमा विद्रोह…

Read More

बैतडीः बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपले सुचारु हुने भएको छ। भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो। झुलाघाट पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबारबाट पूर्ण रुपमा आवागमन सुचारु हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो। भारतीय पक्षले पुल मर्मतसम्भारको काम पुरा गरिसकेकाले आजदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

Read More

काठमाडाैँ : दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ । नवरात्रकानौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । चौथो दिन आज कुष्माण्डा भगवतीलाई शुभकर्म थालनी,असत्यमाथिको जित र सृष्टिको प्रतीकको रुप मानेर शक्तिको लागि पुज्ने गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । कुभिण्डो उष्ण हावापानीको प्रकृतिमा हुर्किने फल भएकाले यसको भित्री गुण शीतल हुने हुँदा कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा…

Read More

काठमाडौं: नेपाली सीमा नजिकै रहेको भारतको उत्तराखण्डको पिथौरागढमा तीन हजार कलाकारले छलिया तथा झोडा नाच देखाएर विश्व रेकर्ड बनाएका छन्। यही अक्टुबर १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा देखाइएको उक्त नाच ‘गिनीज बूक अर्फ वल्ड रेकर्डमा’ दर्ता भएको छ। उक्त उपलक्ष्यमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सबै कलाकारलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले लोक कलाकारहरुले आफ्नो परम्परागत भेषभूषा र लोकगीतमार्फत विश्वको ध्यान उत्तराखण्डतर्फ केन्द्रित गराएको बताएका थिए। छलिया नृत्य सुदूरपश्चिम प्रदेश र छिमेकी मुलुक भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रको एक प्रचलित लोकनृत्य हो। यो एउटा तलबारको नृत्य हो, यसलाई हाल विवाहमा प्रयोगमा ल्याइन्छ । नेपालको बैतडी, डडेल्धुरा, दार्चुला, डोटी क्षेत्र एवं…

Read More

धनगढीः कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्। अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।

Read More

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।  आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More