Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ। हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ। तर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या एक हजार नाघ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। साउदी अरब र इजिप्टले अहिलेसम्म मृतकको संख्या सार्वजनिक नगरेकाले सो संख्या बढ्ने सम्भावना छ। मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ। पुष्टि भएको मध्ये…

Read More

काठमाडौं : आफुलाई प्रहरीको इन्सपेक्टर भन्दै भक्तपुरमा २ करोड लुटपाट भएको छ । घटना मंगलबार रातिको भएपनि ढिलोगरी खबर बाहिरीएको हो । भक्तपुरका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको हो । आफूहरू प्रहरी भएको भन्दै चार÷पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । तर घटनाबारे विस्तृत विषय आइनसकेको र अनुसन्धान जारी रहेको उनले बताए । भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य केही फरार रहेको बताइएको छ । उपत्यका अपराध अनुसन्धान…

Read More

बैतडी: महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका- १ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो। रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता भएकी छन्। सोही वडाको कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा रजनी मृत भेटिएको र अस्मिताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

नेपाल: उत्तरप्रदेशस्थित बरेलीमा गोली हानाहान भएको छ। आज शनिबार (बिहान) बरेली पिलीभितको इज्जतनगर रोड, बजरंग ढाबा नजिक शंकर महादेव मार्बल्सको पसल नजिकै गोली हानाहान भएको हो। बरेली प्रहरीका अनुसार आज बिहान राजीव राणाका छोरा र केपी यादवले आफ्ना ४०-५० अपरिचित व्यक्ति र ०२ जेसीबी ल्याएर आदित्य उपाध्यायको पसलमा आएर तोडफोड गर्न थालेका थिए। सोही क्रममा अर्को पक्षले गोली चलाएपछि मुडभेट भएको हो। प्रहरीले दुवैतर्फबाट गोली हानाहान भएको र जेसीबीमा आगजनी खबर पाएपछि टिम पठाएको थियो। त्यसपछि सो क्षेत्रमा प्रहरीले घटनास्थलमा पुगेर दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। घटनास्थलबाट आदित्य उपाध्याय, उनका छोरा अविरल उपाध्यायलाई एसबीबीएल १२ बोरको बन्दुकसहित पक्राउ गरिएको…

Read More

गण्डकी : कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो।  सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखे यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ। यातायात व्यवस्था कार्यालय सवारी   पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताए।  गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन। नियमावलीमा…

Read More

काठमाडौं: कतारबाट फर्किएका एकजना अवैध सुनसहित समातिएका छन्। बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई प्रहरीले आज सिनामंगलबाट सुनसहित नियन्त्रणमा लिएको हो।  कतारबाट काठमाडौँ ओर्लिएका उनको साथबाट सुनको ब्रासलेट र औँठी बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए। कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर ६९.८९ ग्राम सुनको ब्रासलेट लुकाएर ल्याएका मोहमद समातिएका हुन्। त्यस्तै, उनको साथबाट ११. ६५ ग्रामको औँठी पनि बरामद भएको छ।  उक्त सुन ओसारपसार कार्यमा संलग्न अन्य दुई जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ। नवलपरासी गैडाकोटका ४३ बर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ समातिएका हुन्। पक्राउ…

Read More

धनगढी: कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार टीकापुर नगरपालिकाको खैरीकोटमा से १ ह ३२९५ नम्बरको अटोले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ बस्ने ६५ वर्षीया कोटारी चौधरी रहेका छन्। ठक्करबाट गम्भीर घाइते चौधरीको सत्तीमा रहेको सेती कर्णाली पोलिक्लिनीकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो र चालक टीकापुर नगरपालिका–९ बस्ने ४८ वर्षीय तपेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: कञ्चनपुरमा ट्रयाक्टरको पछाडीको भागमा मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय सञ्जिव चौधरी रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति साढे १० बजेको समयमा वेदकोट नगरपालिका–७ भुडाचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको से १ त ३३६८ को ट्रयाक्टरको पछाडीको भागमा सोही दिशातर्फ गइरहेको सुपप्र०२००३ प६९७० नम्बरको मोटसाइकल ठोक्किएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका चौधरी र पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने मनोज चौधरीलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा चालकको मृत्यु भएको हो। गम्भीर घाइते भएका मनोजको महाकालीमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

Read More

काठमाडौ : भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ। तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची शहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ। मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। भारतको सरकारी प्रसारक अल इण्डिया रेडियोले मदिरा प्रकरणमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ।

Read More

धनगढी: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन्। शुक्रबार सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो। खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन्। २०७३ सालदेखि अनेरास्ववियुमा क्रियाशिल खड्काले एक कार्यकाल जिल्ला कमिटि सदस्य भएर काम गरेका छन् भने पछिल्लो समय उनी सहसंयोजकको भूमिकामा थिए। त्यस अगाडि स्ववियु चुनाव लड्न उनी समाजवादी त्यागेर एमालेमा पसेका थिए। पहिले एमालेमै रहेका उनी नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर गएपनि पछि फर्किएका थिए। यस्तै उनीसहित अधिवेशनले उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा…

Read More