Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। तर समय भने तय भइसकेको छैन । बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिने बुझिएको छ। सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने बताइएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा एउटै प्रदेशसभा निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको भेटिएको छ। कैलाली क्षेत्र नम्बर ५ (२) अर्थात धनगढीको मुख्य क्षेत्रमा बजेट खन्याइएको हो। प्रदेशले बजेटमा धनगढीका एक सय तीन वटा सडकसहित भौतिक संरचना निर्माण, सामाजिक क्षेत्र गरी एक सय ६४ वटा विकास योजना अटाएका छन्। जसका लागि ७२ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ। यो क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रकाश देउवा निर्वाचित भएका हुन्। उनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत हुन्। प्रदेश सरकारले ल्याएको बजेटमा पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ छुट्ट्याइएको छ। जसको ठुलो हिस्सा धनगढीका लागि छुट्याइएको हो।

Read More

काठमाडौँ: गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ। मन्त्रालयले आज काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

Read More

धनगढीः कैलालीमा पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको विभिन्न मिथिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएका तथा अहिले फरार रहेका पाँच जनालाई आइतबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धामा २५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोल बस्ने २८ वर्षीय यज्ञबहादुर ओली र २४ वर्षीय सुरेशबहादुर ओली पक्राउ परेका छन्। स्तै, चोरी मुद्धामा एक महिना तीन दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर बस्ने २२ वर्षीय लोकेन्द्र बम तथा चेक अनादर मुद्धामा एक हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल…

Read More

धनगढीः कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नम्बर ६ स्थित धने गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो। कञ्चनपुर प्रहरीका अनुसार सोही नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षीय मोहनबहादुर सिंहसहित ६ जनालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट २२ हजार एक सय ३० रुपैयाँ नगदसहित दुई थान मोबाइल र एक गड्डी तास पनि बरामद गरिएको छ।

Read More

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। अहिले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज दिउँसो देशभर बदली रही पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै राति कोशी र गण्डकी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। आगामी २४ घण्टामा पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै मंगलबार बिहान…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका नौं वटै जिल्लामा लागु गर्नका लागि सुरक्षा योजना बनाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। `चार्ड पर्वमा हुनसक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौं,´ उनले भने, `चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन्। हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयकोभन्दा थप चार हजार प्रहरी परिचालन गरेका छौं।´  उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास…

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली अध्यक्षका लागि डेबिड खड्का (दिपेश) ले पनि उम्मेदवारी रहेको जनाएका छन्। यस अगाडि जिल्ला कमिटीको उपाध्यक्ष रहेका खड्काले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन्। हिजो (आइतबार) बाट कैलालीको टीकापुरमा युवा संघको १० औं अधिवेशन जारी छ। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने छ। अध्यक्षका लागि खड्काबाहेक अन्यले पनि इच्छा जाहेर गरेका छन्। तर फुटबलका प्रसिद्ध खेलाडी, प्रशिक्षक तथा एमालेका पुराना युवा नेतासमेत रहेका खड्काको दाबेदारीलाई भने चासोका साथ लिइएको छ। युवामाझ लोकप्रिय खड्का खेल तथा एमालेको राजनीतिमा सक्रिय छन्। उनी धनगढीका व्यवसायीसमेत हुन्।

Read More

काठमाडौं: विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने घोषणा गरेका छन्। विपत्को समयमा विमान कम्पनीहरूले अधिकतम मूल्य लिएको भन्दै आलोचना भएपछि उनीहरूको यो घोषणा आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत महँगो मूल्य नलिन अमेरिकाबाटै आग्रह गरेका थिए। वायुसेवा सञ्चालक सङ्घको आइतबारको बैठकले तीन दिनसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेको हो।  सङ्घले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरेको जनाएको छ। संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरेको छ। 

Read More

काठमाडौं:सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ। अदालतको अवहेलना गरेको अभियोगमा उनीहरूलाई सजाय सुनाइएको हो। आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरूलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो। उनीहरूले लिखित रूपमा अदालतसमक्ष माफी मागेमा सात दिन कैद बसी अरु कैद निलम्बन हुने विकल्प छ। त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। अनलाइनले क्षमायाचनासहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना…

Read More