Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ। खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ। बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो। दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ। दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ। त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ। नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र…

Read More

काठमाडौं : सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्। ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात घण्टा लामो भेटपछि जेरुसेलमस्थित अमेरिकी दूतावासबाट भ्रमणको घोषणा गरेको थियो । ब्लिन्केनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई ‘इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण’ बारे जानकारी दिइने बताए । उनका अनुसार बाइडेनले इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्छ भन्ने जानकारी लिनेछन् भने गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने विषयमा छलफल गर्नेछन् ।

Read More

काठमाडौँ: हमास समुहको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको एक युवतीको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासले बन्धक बनाएकाको सार्बजनिक भएको यो पहिलो भिडियो हो । हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलको दाबि छ । भिडियोमा माया शेम नाम गरेकी २१ वर्षकी युवतीलाई सार्वजनिक गरिएको छ र इजरायलको शोहम सहरकी भएको बताएकी छिन् । दक्षिणी इजरायलको संगीत महोत्सवबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् । भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ । https://www.facebook.com/watch/?v=2005647199796982&t=0

Read More

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजबिनका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय भइरहेको बताएका छन् । सोमबार सुदूरपश्चिम पत्रकार समाजले राजधानीमा आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले उचित समन्वय गरेर हराइरहेका विद्यार्थीको खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको बताए ।  ‘‘हराएका विद्यार्थीका बारेमा इजरायल सरकारसँग पनि र इजरायलबाहेकका अरू खाडीका सरकारहरू, जसको हमास समूहसँग पनि सम्बन्ध छ भन्ने गरिन्छ । ती सरकारसँग उचित समन्वय गरेर खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।’  हमास समूहले असोज…

Read More

बैतडी: बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना भएको छ। मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि तीनजना गम्भिर घाइते भएका छन्। घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् ।  मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

Read More

बझाङ: इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङका गणेश नेपालीको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ। जयपृथ्वी नगरपालिका– ११ भोजपुरका नेपालीको परिवारलाई हिजो नगरपालिका प्रमुख चेतराज बजालले २५ हजार हस्तान्तरण गरेका हुन्। जयपृथ्वी नगरपालिकाको मेयरसँग जनता कार्यक्रम अन्तर्गतको बजेटबाट बजालले मृतकको परिवारलाइ आर्थिक सहयोग गरेका छन्। मृतक नेपालीको परिवारलाई नगर प्रमुख बजालले सरकारसँग समन्वय गरेर छिटो भन्दा छिटो शव ल्याउनको लागि आफूले पहल गर्ने बताएका छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताए। उनले भने ,‘खेलकुद राष्ट्र र स्वास्थ्यका लागि मात्रै नभइ पर्यटनमा समेत टेवा पुर्याउँछ। यस्ता प्रतियोगिता भइराख्नुपर्छ।’ कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता अगामी भोलि कात्तिक १ गतेसम्म जारी रहनेछ। प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ। खुला तथा भेट्रानबीच पुरुष भलिबल प्रतियोगिता अन्तर्गत खुलातर्फ २३ टिमको र भेट्रानतर्फ नौ टिमको सहभागिता छ। खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार…

Read More

काठमाडौं : आफूहरूलाई जानकारी नदिई नेपाल आयल निगमले एक्कासी डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेको भन्दै पम्पहरूले पेट्रोलको बिक्री गर्न बन्द गरेका छन्। आइतबार साँझ निगमले मूल्य घटाएसँगै सोमबार देशभरका अधिकांश पम्पहरूले पेट्रोल बिक्रीमा रोक लगाएका हुन्। उनीहरूले आफूहरूलाई थाहै नदिई एक्कासी प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको मूल्य घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिका कारण तत्कालका लागि बिक्री रोक्नुपरेको बताएका छन्। निगमले आइतबार डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो।

Read More

डडेल्धुरा : क्रेष्ट माइक्रो लाइफ इन्सोेरेन्स कम्पनीले डडेल्धुरामा नयाँ उपशाखा कार्यालय विस्तार गरेको छ। नेपाल बीमा प्राधिकरणबाट लघुबीमा कम्पनीको लाईसेन्स पाएको कम्पनीले डडेल्धुराको तुफानडाँडा बजारमा शाखा विस्तार गरि व्यवसायीक कारोबार सुरु गरेको हो। शाखा प्रमुख लक्ष्मण पाण्डेयले लघु जीवन बीमा न्यून आय भएकाहरुको लागि अति आवश्यक रहेको हुँदा यस लघु जीवन बीमाले सबैलाइ समेट्न सक्ने विश्वास लिएको बताए। पाण्डेयले एक कार्यक्रमका बीच बीमाको महत्त्वको बारेमा प्रकास पारेका छन्। पाण्डेयले गाउँका गरिब जनताको माँझमा स–साना बीमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बीमा कम्पनीहरुको आगमनसँगै बीमाको दायरा अझै बृद्धि हुने दाबी गरेका छन्। उक्त अवसरमा बीमा अभिकर्ता तालिम समेत सम्पन्न भएको…

Read More