Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा जिप र कार एकआपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। खोचलेकबाट सतबाँझतर्फ आइरहेको म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार बुधबार साँझ ५ बजेतिर एकआपसमा ठोक्किएका हुन्। जिप र कार एक आपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक खत्रीले बताए।

Read More

काठमाडौँ : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

बझाङ: हिजो राति बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०:०४ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए। दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।

Read More

अछाम : बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् । मेल्लेख गाउँपालिका-७ का ७२ वर्षीय डम्बर साउदले आज जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुसी व्यक्त गरे । लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भन, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।” अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा…

Read More

काठमाडौं : नेपालले एक महिना (असोज) मा मात्र चार अर्ब दुई करोडको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने १२ अर्बको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतमा बेच्न थालेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख…

Read More

धनगढी : हरेक वर्ष खेल पर्वका रुपमा आयोजना हुने सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता यो वर्ष कार्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कार्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ । सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको योे यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष…

Read More

धनगढी: सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपालले सीमानाका व्यवस्थापन सहज र चुस्त बनाउन अभियान थालेको छ। जसका लागि प्रदेशको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरीया, कैलालीले “सीमावासीसँग सशस्त्र प्रहरी” अभियान थालेको हो। सो अभियान अन्तरगत आज (बुधबार) वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कैलाली र कञ्चनपुरका सीमा ईलाकासंग जोडिएका वडाका वडा अध्यक्षहरुसहित सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो। डिआइजी न्यौपानेले वाहिनीमा कार्यरत अधिकृतसहित वडाध्यक्ष र पत्रकारसमेतको उपस्थितिमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रममा थालिएको जानकारी दिए। उनका अनुसार आजको अन्तरक्रियामा भारतसंग सीमा जोडिएका वडाहरुका २२ जना वडा अध्यक्षहरुको सहभागिता थियो। अन्तरक्रियाका क्रममा सीमा अतिक्रमण हुन नदिने र सीमा…

Read More

काठमाडौँ : प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए । दूतावासले नेपाल फर्किन चाहनेहरूका लागि आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो । त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४…

Read More

धनगढी: धनगढीमा एक होटलबाट प्रहरीले अवैध चरेस र चितुवाको छाला बरामद गरेको छ। आज (बुधबार) प्रदेश प्रहरी, आरआइटी, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले छाला र चरेस बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार भर्खरै धनगढीको सहिदगेट नजिकै रहेको जुमेरा होटलमा भाडामा बसेका ३ जनाको साथबाट चरेस र छाला बरामद गरिएको हो। चितुवाको छाला र साढे ६ किलो चरेससहित उनीहरु तीनैजनालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द,बाजुराकाे गाैमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण राेकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जाेशी रहेकाे वडा…

Read More