Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुरामा एकजना मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाँउपालिका–२ बस्ने अन्दाजी ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन् । उनी बडाल जाने बाटो आमबारीमा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुमबहादुर नायकले बताए । उनका अनुसार मृतकको मुखबाट रगत बगेको थियो । थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ। गलत क्रियाकलाप रोक्नका लागि गेट सञ्चालनामा ल्याइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए। प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र गेट पार गर्न सक्ने उनले बताए। त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ। कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको छ। हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको उनले बताए।

Read More

अछाम : रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको छ । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् । रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वणर्न गरी नसक्नु छ । रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन…

Read More

काठमाडौं : इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् । शनिबार इजरायलमा प्यालेस्टानी आतंकवादी शमास समुहले गरेको हमलामा परि घाइतो भएका नेपाली विद्यार्थीमध्ये २ जना उपचारपछि डिस्चनर्ज भएका हुन् । उक्त आक्रमणमा परि चार जना नेपाली विद्याथी घाइते भएका थिए भने १० जना नेपालीले ज्यान गुमाएका थिए । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले भर्खर दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् ।

Read More

धनगढी: बझाङमा भूकम्पबाट प्रभावित भएकाहरुलाई सहयोग पठाइएको छ। आज (बुधबार) धनगढीबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम र कैलाली उद्योग वाणिज्य संघले संयुक्त रुपमा सहयोग पठाएका हुन्। यहीँ असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको परिवारहरुको सहयोगका लागि निजी क्षेत्रले समाजिक उत्तरदायित्वलाई मनन गर्दै राहत पठाइएको जनाएको छ। जसमा तीनै संस्थाले संयुक्त रुपमा ७ लाख बराबरको सहयोग सामग्री बझाङ पठाएका हुन्। उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्कालाई सो सामान हस्तान्तरण गरि बझाङ पठाइएको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योती भट्टले जानकारी दिए। उनका अनुसार सहयोग प्रदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय…

Read More

कैलाली : एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन्। उम्मेदवारी दिएका ६ जनामध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि बाजुराका शाही चयन भएका हुन्।

Read More

धनगढी: सुदूरपश्चिममा पछिल्लोसमय वन मास्ने र अतिक्रमण गर्ने माफियाहरुको रजगज थप मौलाएको पाइएको छ। प्रदेशका विभिन्न सामुदायिक वनमा समितिकै मान्छे र अन्यबाट पनि वन सखाप पार्न अतिक्रमण व्यापक भैरहेको पाइएको हो। हालैमात्र कैलालीको एक घटना सार्वजनिक भएको छ। प्रदेश सरकारका वनमन्त्री रमेशसिंह धामीले नै वन अतिक्रमणकारीलाई छुट दिएर जोगाएको खुलेको हो। समाचार स्रोतका अनुसार हिजो (मंगलबार) मात्र मन्त्री धामीले आफ्नै पार्टीका कार्यकर्तासमेत रहेका वन अतिक्रमणकारी भजनी नगरपालिका-२ आमवारीका जितबहादुर बडैलालाई मन्त्रीले जोगाएका हुन्। बडैला सयपत्री सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्षसमेत हुन्। उनी वन अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका थिए। तर, बडैलालाई मन्त्री धामीले मन्त्रालयमा छलफल गर्ने भन्दै आफैँ हिरासतमा पुगेर…

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन कमिटिको कार्यालयले सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएको छ। यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए। नेताहरूले सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए। तर पनि अध्यक्षमा जैशी र अछामका भरत साउदको उम्मेदवारी कायम छ। भीम रावलको समर्थन रहेको साउदसँग पनि संवाद जारी रहेको नेताहरुले बताएका छन्।

Read More

काठमाडौं : व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा भएको प्रदर्शन भएको छ । ‘रिगल’ ले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियन्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। आन्दोलनमा एमाले निकट युवा सङ्घका कार्यकर्ताको पनि उपस्थिति रहेको थियो। उनीहरू माइतीघरबाट बानेश्वरतर्फ जिल्ला अदालत अगाडिसम्म पुगेर माइतीघर फर्किएका थिए। खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो। रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको…

Read More

अछाम: अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन। पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए। नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन्। पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम पनि हुन सकेका छैनन्। ताला लागेको ६ दिन भइसक्दा पनि खुलाउन कुनै पहल नभएको गुनासो छ। तर मेयर यज्ञप्रसाद ढकालले ताला खुलाउन पहल गरिएको बताएका…

Read More