Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेकी साइपाल शिक्षा सदनमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी जानकारी दिइएको छ। विद्यालयले बिहीबार कक्षा ७ देखि १० सम्माका छात्र–छात्राहरूलाई साइबर अपराध सम्बन्धी जानकारी दिएको हो। बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिममा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा कार्यक्रम गरिएको शिक्षक नवराज जोशीले बताए। सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग रोक्न र विद्यार्थीहरूलाई सम्भावित दुर्घटनाबाट बच्ने उपाय बताउन साइबर अपराध सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको शिक्षक जोशीले बताए। कम उमेरका बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिमका रहेकाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर मल्ल र हवल्दार दिनेश ढांँटले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे विद्यार्थीहरूलाई…

Read More

धनगढीः भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध भदौ १ गते शनिवार विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ। बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो। बाँध खोलेको वेला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह…

Read More

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । २७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका थिए ।

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा माओवादी विभाजित भएको छ । लामो समयदेखि गुटबन्दीमा रुमलिएको माओवादी संसदीय दल स्पष्ट रुपमा दुई धारमा देखिएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदा माओवादी प्रस्ट दुई धारमा विभाजित भएको देखियो । मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् । माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै…

Read More

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्र र नियामक निकायबीच तादम्यता नमिल्दा शासन प्रणाली नै जाम हुने खतरा भएको बताएका छन् । बेलाबेला यस्तो अवस्था देखिने गरेको बताउँदै उनले प्रधानमन्त्री भएका बेला अख्तियार प्रमुखसँग धेरैपटक छलफल गरेर समाधानको प्रयास गरेको बताए । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो अप्ठेरो हटाउनुपर्नेमा प्रचण्डको जोड छ ।  उक्त ऐन संशोधनका लागि बनेको विधयेकमाथि आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै उनले अख्तियारको कामबाट कर्मचारीतन्त्रमा आतंक फैलिने गरेको अनुभव सुनाए।   राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन जरुरी रहेकोमा उनको…

Read More

काठमाडौं : आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।  सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्ला (पुरानो दिल्लीस्थित रातो किल्ला ) मा झन्डा फहराएका छन् ।यसअघि प्रधानमन्त्री मोदी राजघाट पुगेका थिए। त्यहाँ उनले राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुष्प अर्पण गरी प्रार्थना गरे।  नरेन्द्र मोदीले ट्विट गर्दै स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। मोदीले लेखेका छन्, सबै देशवासीहरूलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना, जय हिन्द।’

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ । यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।  दुई प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गरे । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो…

Read More

धनगढी : धनगढीको बोराडाडी चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुप्र.प.०१-०१ख २७८१ नम्बरको ट्रक र सोही दिशा तर्फ तीव्र गतिमा आइरहेको से. ७ प. ६०८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घटनास्थल प्रहरी पुगेर घाइतेलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पतालमा पठाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ भने प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

Read More

धनगढी: सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरु सडक प्रदर्शनमा उत्रिएका छन्। आज (बिहीबार) नेताहरुले धनगढी प्रदर्शन गरेका हुन्। अनेरास्ववियु सुदूरपश्चिमले प्रदर्शनसहित विपिन जोशीको रिहाईका लागि हस्ताक्षर अभियान थालेको जनाएको छ। प्रदेश अध्यक्ष मनोजराज राईका अनुसार इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह (हमास) को नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइका लागि प्रदर्शन तथा अभियान थालिएको हो। सोही क्रममा आज अनेरास्ववियुले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि बृहत हस्ताक्षर संकलन अभियान सम्पन्न गरेको छ। धनगढीमात्र नभएर सुदूरपश्चिमका सबै जिल्लामा वृहत हस्ताक्षर संकलन अभियान सन्चालन गरिने जनाइएको छ। सरकारले उनको रिहाइ गर्न पहल गर्नुपर्ने उनीहरूको भनाई छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-३…

Read More