Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : दसैंको तेस्रो दिन, आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। दसैं घर र विभिन्न शक्तिपीठहरुमा दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। मार्कण्डेय पुराणमा ‘चन्द्रस् घण्टायां यस्यास् सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शीरमा अर्धचन्द्रका साथै घण्ट पनि…

Read More

बैतडीः  बैतडीमा चट्याङ लागेर एक भैंसी र दुई बाख्रा मरेका छन्। जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टले पालेको भैंसी मरेको हो। चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित घरको वइरीङ्गमा समेत  क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक/एक बाख्रा पनि चट्याङ लागेर मरेका छन्। चट्याङका कारण पाटन–१० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि  सामान्य बदली रहेको छ। आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एक दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

बारा : सीमा क्षेत्रबाट निर्वाध तस्करी गर्दैआएका तस्करहरुलाई नियन्त्रण गर्न खोज्दा उल्टै जिल्ला प्रहरी कार्यालय बाराको टोलीलाई स्करहरुको समूहले आक्रमण गरेको छ । आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार पनि छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करहरुको समूहले आक्रमण गरेको हो । जिल्लाका बिभिन्न नाकाबाट भन्सारछलीका सामान भित्रने गरेको सूचनापछि बारा प्रहरीले नाका नाकामा कडाइ सुरु गरेको छ । जिल्ला प्रहरीको टोली आइतबार धान बरामदपछि त्यस क्षेत्रमा तस्करी…

Read More

काठमाडौँ : ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको मुल्यांकनसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् । नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा ट्राफिक व्यवस्थापनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ । कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट ठहरिएका अन्य प्रहरी कार्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ । प्रदेश कार्यालयतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुर, तालिम केन्द्रतर्फ प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गणतर्फ प्रदेश प्रहरी गण खजुरा बाँके, जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय सुनसरी, र ईलाका तर्फ बुटवल उत्कृष्ट…

Read More

काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्त कुँवरले बर्सभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी कुँवरले पुरस्कार र कदरपत्र प्रदान गरेका हुन् । उत्कृष्ट विपद् व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ डीएसपी रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक सई रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू र सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री पुरस्कृत भएका छन् । उत्कृष्ट खेलाडीतर्फ प्रहरी जवान विशाल सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा…

Read More

काठमाडौं : नापी कार्यालय झापाका सर्वेक्षक देवनारायण ठाकुर घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित बिचौलिया उमेश यादवलाई पनि समातेको हो । आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट ७० हजार नगद र ५५ हजारको चेक गरी एक लाख २५ हजार घुस लिइसकेको अवस्थामा झापाको चन्द्रगढीबाट आज नियन्त्रणमा लिएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं : काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१–००४क २०७६ नम्बरको हायस उदयपुरको अधेरीमा दुर्घटनामा परेको हो । हायसको पछाडितर्फको बायाँ साइडको टायर खुस्केपछि अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते हुनेमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ की ४० वर्षीया रेणुका गौतम, उनको १५ वर्षीय छोरा अनुपम आचार्य, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय निर्देश भट्टराई, १४ वर्षीया निकिता भट्टराई, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का ३९ वर्षीय भीमकुमार खत्री रहेका छन् । त्यस्तै, झापाको मेची नगरपालिकाकी ३९ वर्षीया भारती कार्की,…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज बेलौरी नगरपालिका-२ टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएका हुन् । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा दुबै आमा, छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाइले बताए । दुबैको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते दुबैलाई पहिले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहा उपचार सम्भव नभए पछि उनलाई थप उपचारका लागी धनगढी लगिएको हो ।

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ। सोमबार दिउँसो कैलालीको मसुरीयामा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन्। प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम गएका थिए।

Read More