Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल र कमान सिंह खत्री रहेका छन्। यसैगरी विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिगांस अधिकारी पनि बढुवा सिफारिसमा परेका छन्।

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिका -५ मा स्तनपान कक्ष सञ्चालन भएको छ। मंगलवार २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रारम्भिक बाल सिकाई र स्तनपान कक्षको उदघाटन् गरेकी थिइन्। उपाध्यक्ष चौधरीले वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही महिलालाई सहज हुने बताइन्। उनले भनिन्, ‘स–साना बच्चा लिएर सेवा लिन आउनु पर्ने महिलाहरुको बाध्यता रहेको हुन्छ। स्तनपान कक्ष स्थापना भएपछि अब आफ्ना नानीबाबुलाई स्तनपान गराउन सहज हुने भएको छ।’

Read More

काठमाडौं: नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका सुदूरपश्‍चिम र कर्णाली प्रदेश यात्रा सकेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रा सकेर हिजो साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको छ। हिजो यात्राका क्रममको सबैभन्दा लामो दुरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए। हिजोको यात्रामा सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका जनतासँग साक्षात्कार र अन्तरिक्रया गरिएको छ। राति करिब ९ बजेतिर टोली पूर्वी रुकुम पुगेको हो।

Read More

काठमाडौं : छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्। उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो। उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गएका छन्। प्रधानमन्त्री दाहाल बुधबार बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए ।

Read More

धनगढीः धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ। धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन्। तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।   मानवीय क्षति भने भएको छैन। एम एच ४ सी टी ९६५४ नम्बरको उक्त गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

Read More

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले उत्कृष्ट ५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। मंगलबार अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा गाउँपालिकाले मनोवल बढाउन सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए। गाउँपालिकाले नगद दुई हजारसहित सम्मान गरेको हो। सम्मानित हुनेमा वडा नम्बर १ की स्वयंसेविका डम्बरु ठकुराठी, २ की कौशिला मडै ३ की लक्ष्मी खड्का , ४ कि सारदा ठकुराठी र ५ की सिता नाथ रहेका छन् । सम्मानले थप जिम्मेवारी दिएको अनुभव भएको महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्काले बताइन्।

Read More

बझाङ : बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी। हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै दिन बिते । २००८ सालमा जन्मेएकी भुटी दिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष  । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले बिहे गर्नेसमेत समय पाइन्न। आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्याे । जीवनको उत्तराद्र्धमा…

Read More

काठमाडौँ : मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उनका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन्…

Read More

काठमाडौं : गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् । अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पुर्याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पु¥याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ लगेर बेचेका…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी…

Read More