धनगढीः धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ।
धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन्। तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
मानवीय क्षति भने भएको छैन। एम एच ४ सी टी ९६५४ नम्बरको उक्त गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box