Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेल प्रकरणमा अनियमितता भेटिए तत्काल कडा कारवाहीको दायरामा ल्याइने बताएकी छिन् । मङ्गलवार अपराह्न एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारकी प्रवक्तासमेत रहेकी शर्माले अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएका नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने बताएकी हुन् । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले सरकार एनसेल खरिद बिक्रीका सन्दर्भमा प्रचलित कानुनी प्रावधान तथा अन्तराष्ट्रिय विधि र प्रक्रिया पालना एवम् त्यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजश्व…

Read More

बाजुरा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन् । अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए । नेपाली कांग्रेस बाजुराद्वारा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका छन् । “दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ”, महामन्त्री शर्माले भने । महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४…

Read More

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो । नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग)को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । उनले आठौंदेखि ११ औं (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए । विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन् । उनले सन् २००८…

Read More

अछाम : अछाममा ‘क्यूआर कोड’मार्फत प्रहरीमा उजुरी दिन सकिने भएको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अछामले ‘क्यूआर कोड’मार्फत उजुरी वा सुझाव दिन सक्ने व्यवस्था गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले ‘क्युआर कोड’ सार्वजनिक गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालयको मुल गेटमा क्यूआर कोडको उद्‍घाटन गरेका थिए । प्रहरी सेवा प्रवाहलाई छिटो, व्यवस्थित, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सुसम्बन्ध एवम् सुशासन कायम राख्ने प्रयोजनका लागि गुनासो व्यवस्थापन गर्न क्यूआर कोड ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सो क्यूआर कोड अब जिल्ला प्रहरी…

Read More

महोत्तरी : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन् । महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रुपान्तरित भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए । “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो”, प्रधानमन्त्री प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, “यसको स्थायित्व र सबलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।” स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिए । “हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए…

Read More

काठमाडौँ: अर्घाखाँचीको गोरुसिङ्गे-सन्धिखर्क सडकमा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ । सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो । दुर्घटना निम्ताउने गरी विभिन्न सङ्घ–संस्था, कम्पनी र व्यक्तिले राखेका होर्डिङ बोर्ड सात दिनभित्र हटाउन भनेको र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठनले आज काठमाडौँमा राँके जुलुस निकाली विरोध प्रदर्शन गरेको छ। आफ्ना पार्टीका नेताहरूलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको हो। मङ्गलवार नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीको विरोधमा सङ्घर्ष गर्ने घोषणा गरेको थियो। काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमवार महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।​ त्यसकै विरोधमा मङ्गलवार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम छ।

Read More

काठमाडौँ : यसअघिको लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका पदाधिकारीलाई समय अगावै खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्याधिवक्ता नहकुल सुवेदीको एकल इजलासले मङ्गलवार उक्त आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने निर्णयसँगै अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० पारित गरेको थियो । यसैगरी सोही नियमावली अनुसार प्रदेशका १३ वटा अस्पतालहरूमा नयाँ अध्यक्ष नियुक्ति गरेको थियो । सरकारले नयाँ नियमावली अनुसार कार्तिक २३ गते लुम्बिनी प्रदेश सरकार मातहतका अस्पताल विकास समितिका अध्यक्षहरूको नियुक्ति गरेको थियो…

Read More

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका छन। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : नेपाली सेनाका तीनतारे जर्नेल सीताराम खड्का आजबाट बिदामा बसेका छन् । उनी अवकाशपूर्व अनिवार्य बिदामा बसेको बताइन्छ । खड्का बिदामा बसेपछि वरिष्ठताको आधारमा अशोक सिग्देललाई कार्यभार हस्तान्तरण गरिएको छ । सिग्देल रथी हुने लाइनमा छन् । उनको पनि उमेर बिबाद निस्किरहेकै छ । आगामी भदौमा प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि उक्त पदका लागि अशोकको लाइन क्लियर हुँदै गएको बताइन्छ ।

Read More