Author: महेन्द्रनगर पोष्ट

इलाम: शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका-३ कोलबुङमा दुर्घटना भएको थियो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । घाइतेको विवरण ३० वर्षीय गणेश कुमारी मुक्तान११ वर्षीय समिक्षा मुक्तान१२ वर्षीय बालक शेखर…

Read More

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रभित्र सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । शिवनाथ धाममा आज र भोलि जात्रा लाग्ने भएकाले शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको हो । जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ ।

Read More

धनगढी : धनगढीको एक घरमा पार्कीङ्ग गरेर राखिएको अवस्थामा मोटरसाइकल चोरी भएको छ । धनगढी उपमहानगरपालिका १२ जुगेडा बस्ने चन्द्र बोहराको सुपप्र०१००८ प ६९५ नम्बरको प्लसर मोटरसाइकल सोमबार राति चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएको उक्त मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलालीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँ बस्ने २१ वर्षीय निसान थापामगरमाथि धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । खुकुरी प्रहारबाट थापामगरको बाँया हातको औला काटिएको र दाँया काँधमा समान्य चोट लागेको छ। उनको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने मयाल समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Read More

एजेन्सी : भारतीय टिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् । उनले यसपटक ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाए । कोहलीको सानदार प्रदर्शनका बाबजुद फाइनलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पराजित भयो । फाइनलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

काठमाडौँ : इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका कंचनपुरका विपीन जोशी सकुशल रहेको पुष्टि भएको छ। गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी थाइल्यान्डका नागरिकसँगै सुरक्षित रहेको पाइएको हो। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो। ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ। अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ’ उनले भने। इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले…

Read More

काठमाडौं : भारतको अहमदावादमा भएको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले सुरक्षित गरेको छ । विश्वकप क्रिकेटको उपाधि जितेको अष्ट्रेलियाको यो छैठौं पटक हो । उपाधिका लागि भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको चुनौती दिएको थियो । तर, भारतलाई ६ विकेटले स्तब्ध बनाउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

Read More

धनगढी : परराष्ट्रमन्त्री एनपी साउद गृह जिल्ला पुग्दा स्थानीयले अवरोध गरेका छन् । कञ्चन्पुर को शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका बेला स्थानीयले कलुवापुर–बेलौरी सडकखण्डमा चक्काजाम गरेका हुन् । वर्षौंदेखि सडक कालोपत्रेको पर्खाइमा रहेका स्थानीय वासिन्दा यतिबेला आक्रोशित बनेका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला नेपाली कांग्रेसबाट उम्मेदवार रहेका मन्त्री साउदले चुनावी कार्यक्रममा कलुवापुर–बेलौरी सडकबारे भनेका थिए, ‘ठेक्का दिइसक्या छ त ! ठेकेदारको कान समातेर यसमा पीच गर भन्नुपर्छ कि पर्दैन ? यदि म निर्वाचित भएको वर्ष यो काम धमाधम पीचको काम भएन भने म ठेकेदारलाई पनि निकालिदिन्छु सरकारलाई दबाब दिएर, म सिधा कुरा गर्छु ।’ साउदको उक्त…

Read More