Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा अहिले केपी शर्मा ओली देश दौडाहमा छन्। सोही क्रममा बिहीबार उनी बैतडी हुँदै डडेल्धुरा पुगे। बिहीबार अमरगढी नगरपालिका–८ स्थित रातो गुँरास रिसोर्टमा बसेका उनी शुक्रबार अमरगढी नगरपालिका–५ स्थित अमरगढी किल्ला अवलोकन गर्न पुगे। किल्लामा रहेको अम्मरसिंह थापाको सालिकमा माल्यार्पण गरेका ओलीले नेता, कार्यकर्ता र शुभचिन्तकसँग फोटो खिचाए। उनीसँग फोटो खिच्नेको तछाडमछाड नै लाग्यो। त्यसपछि बसपार्कमा सन्देश सभा कार्यक्रममा सम्बोधन गरेका उनले कार्यक्रम समापन पश्चात पनि सहभागीसँग फोटो खिचे। हेर्नुहोस् ओलीसँग फोटो खिच्नेको ‘तछाडमछाड’

Read More

डडेल्धुरा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन्। राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुगेका ओलीले बसपार्कमा आयोजित सन्देश सभामा प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरेका हुन्। ‘हामी अहिले मिसन ८४ भनिरहेका छौं। यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ,’ उनले भने, ‘तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं। यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’…

Read More

कैलाली : बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्ने स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा परेर लम्कीचुहा– १ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको छ । अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ । मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीसँग् उनीहरुको झडप परेको हो । बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय…

Read More

गोदावरी: धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ। धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उनले बताए। द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो। कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको…

Read More

कैलाली: बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बिहीबार साझ लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका डम्बरबहादुर बिष्टका आफन्तले लम्कीमा राजमार्ग अवरुद्ध गरेका हुन् । मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर उनीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । त्यस्तै मृतकको परिवारलाई कानुन अनुसारको क्षतिपूर्ति तथा र दोषीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेकोले शान्ति व्यवस्था कायम राख्न कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले आग्रह गरेका छन् । बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय…

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो। थुनामा रहेका बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १५ जना जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पुगेका थिए। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्। ठगी, किर्ते, सङ्गठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्। यस प्रकरणमा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण…

Read More

काठमाडौं : ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ ।  

Read More

टीकापुर: कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ। टीकापुर–२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो। टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँच जना गुरुवाको बिमा कार्यक्रममा आबद्ध गर्न थालिएको जानकारी दिए। उनले वडाका हरेक काममा चिराकीको ठुलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बिमा गरिदिन थालेको बताए। ‘वर्षौँदेखि…

Read More

धनगढीः कैलालीको लम्कीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहिवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाईते भएका थिए। बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो। त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो। घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय…

Read More

डडेल्धुरा: नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेल्धुरासम्म पुगेको छ। बिहीबार जुलाघाटबाट सुरू भएको पद यात्रामा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता यतिबेला डडेल्धुराको अमरगढी नगरपालिकास्थित एक होटलमा बसेका छन्। डडेल्धुरा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। सोही कारण अध्यक्ष ओलीले एकाबिहानै देउवालाई फोन गरेर सम्झेका छन्। उनले सार्वजनिक गरेको भिडियोमा देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भनेको सुनिछ। उताबाट देउवाले एमालेले थालेको अभियानलाई शुभकामना दिएको भिडियोबाट प्रष्ट भएको छ। https://fb.watch/oF0R-oDkBE/?mibextid=Nif5oz

Read More