धनगढी: बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्। विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ। शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ। उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए। उनकाअनुसार बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
काठमाडौं: नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट २ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दुईजना बहालवाला र दुईजना अवकाशप्राप्त सैनिक अधिकारीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सेनाका सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन भइरहेको सेनाले जनाएको छ। आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वायरी) मार्फत हिनामिनामा संलग्नता देखिएपछि उनीहरूविरुद्ध कोर्ट मार्सलको प्रक्रिया अघि बढाइएको हो। उता, अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धानपछि आपराधिक विश्वासघात मुद्दा दायर गरिएको छ। थापा प्रहरी हिरासतमा छन् भने अधिकारी अमेरिका फरार रहेको खुलेको छ। २०७३ सालदेखि २०७५ सालसम्म सेनाको…
गण्डकी: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाइ विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। कानुन दिवस २०८२ का अवसरमा उच्च अदालत पोखराद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्नेमा जोड दिए। यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रूपमा रहेको बताउँदै उनले विधिको शासन कायम राख्ने र कानुन सबैका लागि सरोकार बनोस् भन्ने यस दिवसको मुख्य सन्देश रहेको उल्लेख गरे। “कानुन केवल नियमहरूको सङ्ग्रह होइन: यो सामाजिक न्याय, मानव अधिकार र उत्तरदायी शासनको मेरुदण्ड हो। नागरिक र राज्यबीचको सम्बन्धलाई न्यायपूर्ण, समावेशी र उत्तरदायी…
धनगढी: महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो। सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो। दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ। व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०÷०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ। चालु आर्थिक वर्षमा…
अछाम: जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको छ। लाई प्रहरीले अछामबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द रहेका छन्। चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो। घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बिहीबार साँझ ५ बजे…
काठमाडौं: जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन्। प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाईलीमाथि हातपात गरेको आरोप लागेपछि उनलाई नक्साल तानिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले सईलाई कुटेको कसुरमा हडक्वार्टर तानिएको हो। यसअघि नक्सालमै कार्यरत डीएसपी केसी १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए। हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। सई रसाइलीलाई डीएसपी केसीले एक्कासि बोलाएर उनलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ। त्यसपछि उजुरी परेकोमा भोलिपल्टै उनलाई हेडक्वार्टर तानिएको जनाइएको छ।…
काठमाडौं: भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। भैँसेपाटीस्थित मन्त्री निवासमा पुगेर कोश्यारीले मन्त्री लेखकसँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारेका छन्। आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। भेटका अवसरमा भाजपा नेता कोश्यारीले नेपाल र भारतबिच सदियौदेखि सम्बन्ध रहेको बताए। उनले दुई देशबिचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिएको पनि मन्त्री लेखकको सचिवालयले जनाएको छ।
कञ्चनपुर: एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ। महेन्द्रनगर बजारका पाँचवटा गल्ली आठ मिटर चौडा गरिएका छन्। जसमा अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ। गुरुयोजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो। आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकले जानकारी दिए। उनका अनुसार यहाँ २२ किमी ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन्। “बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौ,…
धनगढी: सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगले फागुन २० गते जारी गरेको विज्ञापन परिपूर्तिको लागि परीक्षा नहुने भएको छ। सर्वोच्च अदालतले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तहका अप्राविधिक/प्राविधिक पदहरूको परीक्षा स्थगित गर्न भनेको हो। सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाउन भनेपछि परीक्षा कार्यक्रम स्थगित भएको प्रदेश लोकसेवा आयोगले एक सूचना जारी गर्दै जानकारी गराएको छ। ‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि…