Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले जिल्लामा आएको विपदबाट विस्थापित भएकाहरूलाई राहत तथा पुनर्स्थापना गर्न तथा मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा माग पत्र बुझाउँदै जिल्ला अध्यक्ष लक्ष्मी बुढाले जिल्लामा २२ देखी २४ गतेसम्मको बाढीले ठूलो समस्या पैदा गरेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताएकी थिइन् । ‘मृतकका परिवारलाई क्षतिपूर्ति, घरबारविहीन परिवार, घरभित्र पानीपसि भित्रको खाद्यान्न नष्ट भई वर्षभरिको अन्नविहीन भएका परिवारहरू लगायत माथि उल्लेखित सबै पीडितहरूलाई यथाशीघ्र राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्दछौँ’ प्रधानमन्त्री ओलीलाई बुझाइएको माग पत्रमा उल्लेख गरिएको छ । कञ्चनपुरमा पानीमा डुबेर चार जनाको मृत्यु…

Read More

धनगढीः आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा रहेको छ। कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लाका स्थानीय तह कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै बुधबार सार्वजनिक बिदा दिएका हुन्। २४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन्। कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए। पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो। राज्यले २०५७ साउन २ गते कमैया…

Read More

धनगढी : कञ्चनपुरमा छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति १०ः२२ बजे छाडा गाईसंग ठोक्किदा दुर्घटना भएको थियो। मोटरसाईकल गाईसंग ठोक्किएर दुर्घटना हुँदा चालक जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने ३० वर्षीय चाँद पुरैसी गम्भिर घाईते भएका थिए। गम्भिर घाईते भएका पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा पक्की सडक खण्डमा उत्तरबाट दक्षीण तर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल राति ३…

Read More

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी…

Read More

काठमाडौँ : गएको शुक्रबार मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेर भएको दुर्घटनाका हराइरहेकामध्ये १७ जनाको शव फेला परेको छ। दुर्घटनाको पाँचौँ दिनसम्म १७ वटा शव फेला परेको खोजीकार्यमा जुटिरहेको सशस्त्र प्रहरीले जनाएको छ। भेटिएका १७ शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटा शव पहिचान हुन बाँकी छ। सनाखत हुन बाँकी ८ जनामा ६ वटा पुरुष र २ वटा महिलाका शव छन्। सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन्। शुक्रबार भएको सो घटनापछि सोमबार ९असार ३१ गते० मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण…

Read More

काठमाडौँ : नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवामा रहन नपाउने भएका हुन्। महानिरीक्षक कुँवर भने अहिलेकै व्यवस्थामा आगामी चैत ५ गतेसम्म सेवामा रहनेछन्। तर उनकै ब्याचका एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र एआईजी दीपक थापाको ब्याचका भीमप्रसाद ढकाल उनीभन्दा पहिल्यै अवकाश हुने भएका हुन्। उनीहरु तीनैजना एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश हुन लागेका हुन्। प्रहरीमा अवकाशका लागि तीनवटा नियम छन्। ३० वर्षे सेवाअवधि, उमेर हद र पदावधिमध्ये जुन पहिले आउँछ, सोही कारण अवकाश हुने व्यवस्था छ। प्रहरीको केन्द्रीय…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारबाट योजनामा बजेट हाल्ने भन्दै कमिसन उठाउने काममा नेकपा माओवादी केन्द्रका नेताहरू संलग्न रहेको खुलेको छ। माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष र दुई जना सदस्यले योजना पारित गरिदिने भन्दै कमिसन उठाएको विषय बाहिर आएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका मदन ओड, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हुकुम साउँद र प्रदेश कमिटी सदस्य डबल ताम्राकारले अग्रिम कमिसन लिएको पाइएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ज्ञानेन्द्र महराले माओवादी नेताहरूले आफूबाट २० हजार अग्रिम कमिसन लिएर साढे २ लाखको बार्गेनिङ गरेको बताएका छन्। महराका अनुसार मदन ओडले पटकपटक घरमै आएर योजना हाल्ने भन्दै कमिसन बापत २० हजार बुझेका…

Read More

धनगढी : कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्क नजिकै करिब ५० बर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । शव घटनास्थलबाट सेती प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिएका छन् । शवको पहिचान हुन बाँँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Read More

धनगढी : डडेल्धुरामा चितुवा मृत भेटिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा मंगलबार बिहान चितुवा मरेको भेटिएको हो। मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई खाडलमा पुरिएको निमित्त कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए। उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए। उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।

Read More

धनगढी: कञ्चनपुरका सहायक सिडिओ धर्मराज जोशी गृहमन्त्रीको निजी सचिवमा नियुक्त भएका छन्। जोशीलाई आज (मंगलबार) गृहमन्त्री रमेश लेखकको निजी सचिवमा नियुक्त गरिएको हो। उनी केही समय अगाडि डडेल्धुराबाट सरुवा भएर कञ्चनपुर आएका थिए। र, यो पनि: कञ्चनपुर र डडेल्धुराका सहायक सिडिओ अदलबदल ! कञ्चनपुरका सहायक सीडिओ डडेल्धुरा पठाइए, सफाइ पाएका भण्डारी हाजिर

Read More