Author: महेन्द्रनगर पोष्ट

कैलाली: विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जिते । कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँच खण्डमा लेखिएको उक्त पुस्तकले बझाङका सिंहलाई सुदूरपश्चिमबाटै पहिलो पटक मदन पुरस्कार दिलाएको थियो । विसं २०२८ को दशकमा सुदूरले पाउन थालेको मदन पुरस्कार यहाँ लेखनमा सक्रिय भएकाले विसं २०८० को दशकमा पनि सुदूरले उक्त पुरस्कार प्राप्त गरेको छ । विसं २०५४ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको विसर्जन कथा सङ्ग्रहले मदन पुरस्कार प्राप्त ग¥यो । नेपाली साहित्यमा कथा विधामा मदन पुरस्कार पाउने चन्द…

Read More

काठमाडौँ : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ। मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो। भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो।  हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको एकसहित सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो। कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ। जसमा ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरा पनि रहेको छ। उसलाई एकवर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। यी हुन् अन्य १९ कम्पनी:

Read More

बझाङ: बझाङमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

Read More

कञ्चनपुरः भारतीय मगन्तेलाई कञ्चनपुरबाट खेदाइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका १४ जना भारतीय नागरिकहरुलाई सोमवार भारत फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुले विभिन्न चाडपर्वहरुमा माग्ने बहाना बनाएर चोरी, लुटपाट जस्ता घटनाहरु घटाउनसक्ने भएकोले सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारततर्फ पठाइएको प्रहरीले जनाएको छ।

Read More

दार्चुलाः दार्चुलाको एक स्थानीय तहले एकल पुरुषलाई सामाजिक सुरुक्षाबापत मासिक भत्ता दिने भएको छ। जिल्लाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको हो। पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो। दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ। गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्षका पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती बमले बताइन्। गाउँपालिकाको आव ०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो।

Read More

काठमाडौँ: चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनुपर्ने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए। जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए। गाइकवाड २५ रन बनाउँदै आउट भए। भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले…

Read More

धनगढी : आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ। एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक मंगलबारका लागि आह्वान गरिएको हो। सो बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो। आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

Read More

बैतडी : भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट कैद सजाय र जरिवाना सुनाइएका २ जना फरार प्रतिवादी बैतडीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोही गाउँपालिका–४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ। दुवैलाई उनीहरुकै घरबाट पक्राउ गरिएको हो। २०७६ सालमा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विशेष अदालतले कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको थियो।

Read More

बझाङः बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। तर उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

Read More