काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टाेलीसहित भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन्।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबैलाई अपिलसमेत गरेका छन्।
घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लागेका छन्।
Facebook Comments Box