काठमाडौं: रुकुम (पश्चिम)मा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । सानोभेरी गाउँपालिकामा एकै घरका चारजनासहित अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । ३६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ । घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments Box