Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ। शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्। बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ। कान्तिपुर संवाददाताहरूले पठाएको विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १(१ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन्। प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन्। उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार…

Read More

धनगढी: धनगढीस्थित डुब्का थकाली एण्ड रेस्टुरेन्टले आज आफ्नो प्रथम वार्षिकोत्सब मबाइरहेको छ। जसक्रममा रेस्टुरेन्टले विभिन्न प्रकारका अफरहरु तथा लाइभ म्युजिक प्रस्तुतिको कार्यक्रम पनि राखेको जनाइएको छ। रेस्टुरेन्टका सञ्चालक अमिर खड्काले वार्षिकोत्सबको अवसरमा ग्राहकवर्गलाई १५ प्रतिशत छुटसहित लाइभ म्युजिकको प्रस्तुति पनि राखिएको जानकारी दिए। उनका अनुसार आज द सोच ब्यान्डले रेस्टुरेन्टमा प्रस्तुति दिनेछ। जो चर्चित ब्यान्ड हो। एक वर्ष अगाडि धनगढीमा खुलेको डुब्का थकालीले आफ्ना ग्राहक बढाउदै लगेको सञ्चालकको दाबी छ।

Read More

काठमाडौँ: अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध बनेका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै बसेका खबरहरू आइरहेका छन्। नेपाल प्रहरीका अनुसार उपत्यकामै चार वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेका छन्। यस्तै कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ। यस्तै अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्। सडकमा पहिरो खस्ता प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन्।

Read More

काठमाडौँः वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ। विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय…

Read More

बैतडीः बैतडीमा एक चितुवा पासोमा परेको छ। स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रवार राति १२ बजेतिर चितुवा परेको हो। स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए। उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ। पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको ढुङ्गानाले बताए।

Read More

काठमाडौं: अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ११ जनाको मृत्यु भएको छ ।  शनिबार बिहान साढे १० बजेसम्म देशभर बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भएको हो । बाढीपहिरोमा परेर १० जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका अनुसार, पहिरोमा पुरिँएर काभ्रे तीन जनाको ज्यान गएको छ । यस्तै, धनकुटा र पाँचथरमा २-२ तथा काठमाडौं र ललितपुरमा १-१ जनाको मृत्यु भएको छ । यस्तै, बाढीले बगाउँदा झापा र धादिङमा १-१ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल एपीएफले जनाएको छ । पहिरोमा पुरिएर ललितपुरमा ६, धनकुटामा २, काठमाडौं / धादिङमा १-१ जना गरी १० जना बेपत्ता भएका छन् । यसैगरी, बाढीपहिरोमा फसेका ७६०…

Read More

डडेल्धुराः नागरिकताका लागि सिफारिस अनलाइनबाटै गर्न थालिएको छ। नागरिकता सेवाका लागि अब वडा कार्यालयबाटै अनलाइनमार्फत सिफारिस गर्न सुरु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिस गर्नुपर्ने गरि सबै वडा सचिव र सूचना प्राविधिक अधिकृतहरुलाई तालिम प्रदान गरिएको उनले बताए।जिल्लाका ७ स्थानीय तहका ५२ वडा कार्यालयले अब अनलाइनमार्फत सिफारिस गर्ने उनले बताए। अहिलेसम्म सबै वडा कार्यालयहरुले हस्तलिखित नागरिकता फाराम भरेर जिल्ला प्रशासन पठाउने गरेका थिए। यो प्रणाली लागू भएपछि नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ। सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु…

Read More

काठमाडौंः भारी वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। अन्य ६ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोबाट पाँचथरमा दुई, धनकुटामा दुई, काभ्रेमा ३, ललितपुर र झापामा एक, एक जनाको ज्यान गएको छ। झापा, मोरङ र रौतहटमा धेरै बस्ती डुबानमा परेका छन्। बाढीपहिरोका कारण अहिलेसम्म देशभर १६२ घरमा क्षति पुगेको छ। बिहीबार रातिदेखि देशभर झरी परिरहेको छ। अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

Read More

काठमाडौंM अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ। बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ। बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ। पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ। देशभर एक सय ५० भन्दा बढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन्। २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडक…

Read More

काठमाडौंः निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन। अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ।

Read More