काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए । बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट( चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंको कोटेश्वरबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट(रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो। माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराहन्न ४स् १५ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ । त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र…
काठमाडौं : इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा अहिलेसम्म दिल्ली क्यापिटल्सले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादले ६ खेलमा चार जित र २ हारसहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ । दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा…
आजमिति २०८० साल वैशाख ८ गते शनिवार तदअनुसार अप्रिल १९तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वादशी तिथी, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने…
काठमाडौँ : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनले भने, ‘श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यवसायिक…
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बैशाख १२ गते चीन जान लागेका छन् । उनी चिनियाँ गुप्तचर कार्यालयको निम्तोमा आगामी बुधबार चार दिनका लागि चीन जान लागेको बुझिएको छ । भ्रमण दलमा थापाकी पत्नीसहित एआइजी (सह अनुसन्धान निर्देशक) ओम जोशी र एसपी वासु सिग्देल पनि रहने छन् । थापाले यसअघि अमेरिका,भारत र दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् ।
काठमाडौँ : बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्। उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए। मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराए। उनले भने, “उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिति आउन नदिन सरकार…
धनगढीः सुदूरपश्चिम प्रदेश १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ। १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पहिलो भएको हो। काठमाडौंमा सम्पन्न प्रतियोगितामा ६ वटै प्रदेशलाई पछि पार्दै सुदूरपश्चिम पहिलो भएको हो। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित ४९ पदक जितेको हो। यस्तै दोस्रो भएको बागमतीले ४५ र तेस्रो स्थान हासिल गरेको कर्णाली प्रदेशले ३१ पदक हात पारेको छ। प्रतियोगितामा कोशी प्रदेशले २६, लुम्बिनीले ३५, गण्डकीले २६ र मधेस प्रदेशले १८ पदक जितेको छ।