Author: महेन्द्रनगर पोष्ट

धनगढीः साइकल तथा मोटरसाइकलमा राखेर माछा बिक्री वितरणमा प्रहरीले अवरोध गरेपछि कैलाली जिल्लास्थित माछा व्यवसायी प्रभावित भएका छन्। प्रहरीले विभिन्न कानुनी प्रावधान देखाएर साइकल तथा मोटरसाइकलको पछाडि क्यारेटमा माछा राखेर बिक्री वितरण गर्न दिएपछि व्यवसायी प्रभावित भएका हुन्। माछा व्यवसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले आफूहरू दशकौँदेखि माछा उत्पादक किसानको पोखरीबाट उपभोक्तासम्म पुर्‍याउँदै आएको बताउँदै सो कार्यमा प्रहरीले रोक लगाउने, जरिवाना लिने जस्ता कार्य गर्दै आएको दुखेसो सुनाए। देशमा व्याप्त बेरोजगारीका कारण आफूहरूको पेसा नै माछा बिक्री वितरण गर्ने र यही पेसाबाटै जीविका चलाउँदै आएकाले प्रहरीको अवरोधले आफूहरूको रोजीरोटीमै धक्का पुगेको उनको भनाइ छ। यसैबिच ट्राफिक प्रहरीले निरन्तर दुःख दिइरहेको…

Read More

काठमाडौं: अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ। थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ। साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

Read More

काठमाडौंः मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ। सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ। अर्चलेपछि धेरै मकवानपुरको दामनमा ३३० मिलिमिटर वर्षा भएको छ। यसैगरी झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ। चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भन्ने गरिन्छ । १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारीदेखि अति भारी वर्षा…

Read More

काठमाडौंः भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्या प्रकरणमा प्रहरीले केही नयाँ तथ्यहरू प्राप्त गरेको छ। आपसी विश्वासको कमीका कारण मुक्तिरञ्जन रायले रिसाएर यो कदम चालेको बेङ्लुरु प्रहरीले जनाएको छ। ३० वर्षीय मुक्तिरञ्जनले बुधबार ओडिसाको भद्रक जिल्लामा रहेको आफ्नो गाउँनजिकै आत्महत्या गरेका थिए। २९ वर्षीया महालक्ष्मीसँग उनको छ महिना लामो प्रेम सम्बन्ध थियो। तर, महालक्ष्मीले तुरुन्तै विवाह गर्न दबाब दिएपछि उनी तनावमा आएका थिए। महालक्ष्मीको हत्यापछि मुक्तिरञ्जनले आफ्ना भाइलाई फोन गरेर हत्याबारे जानकारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महालक्ष्मीका प्रेमी मुक्तिरञ्जनले हत्या गरी उनको शव ५९ टुक्रा पारी आफ्नै फ्ल्याटको फ्रिजमा राखेका थिए। महालक्ष्मीको हत्याको घटना गत शनिबार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको राजधानी कैलालीको गोदावरी घोषणा भएको शनिबार ६ वर्ष पूरा भएको छ। तर, गोदावरीमा राजधानी बनाउने योजना भने अलपत्र छ । अहिलेसम्म प्रदेश सरकारले राजधानी तोकिएको क्षेत्रको जग्गासमेत प्राप्त गर्न सकेको छैन। ०७४ सालमा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशमा तत्कालिन नेकपाको सरकार थियो । जसको नेतृत्व गरिरहेका थिए, त्रिलोचन भट्ट। ०७५ असारमा तत्कालिन प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेशसभा सञ्चालन भएको लामो समय बितिसक्दा पनि राजधानीको नाम र स्थानबारे संसदमा छलफल नै नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता ग¥यो। त्यसको झण्डै एक महिनापछि ०७५ साल साउन १४ गते तत्कालिन सभामुख अर्जुनबहादुर थापाले प्रदेशको नामांकन र स्थायी राजधानी…

Read More

काठमाडौं: चाडपर्वमा काठमाडौं प्रहरीले थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले आज सुरक्षा योजना सार्वजनिक गरेका हुन्। काठमाडौं प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ। अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ। चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौं प्रहरीले सुरक्षा योजना लागू गरेको छ। काठमाडौं जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १०…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्ट सम्मानित भएका छन्। जिल्ला अदालत कैलालीले उनलाई सम्मानित गरेको हो। शुक्रवार कैलाली अदालतले एक कार्यक्रमका बीच उनलाई सम्मानित गरेको हो। उनलाई आर्थिक वर्ष २०८०/८१ मा अदालतको फैसलाबाट लागेको कैद जरिवानाको लगत उल्लेखनीय रुपमा असूल गरी फैसला कार्यान्वयनमा प्रशंसनीय कार्य गरेकोले सम्मानित गरेको हो। उनी यस अगाडि १ वर्ष अगाडिको अन्सल्भड केस सल्भ गरेको भन्दै प्रदेश प्रहरी कार्यालयबाट पनि सम्मानित भएका थिए।

Read More

धनगढी: सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन्। शुक्रबार बसेको न्याय परिषद् बैठकले उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।  हाल निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्। यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।

Read More

धनगढीः महाकाली नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी रहेका छन्। पिथौरागढबाट फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका थिए। खोजतलासका लागि १५ जना प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

Read More

काठमाडौंः अपराध अनुसन्धानको महत्वपूर्ण जिम्मेवारी सम्हालेको नेपाल प्रहरी संगठन पछिल्लो समय केही बदनाम तथा गैरव्यवसायिक प्रहरीका कारण विवादको चपेटामा छन्। आम बुझाईका आधारमा सामान्यतयाः हत्या, हिंसा, बलात्कार, हनिट्रयापजस्ता अपराधमा नेपाल प्रहरीले संवेदनशील भएर अनुसन्धान गर्नुपर्ने हो। र, गर्दै आएको पनि दाबी गरिन्छ। पीडकलाई सजाय दिलाउनु र पीडितलाई न्याय दिन पहल गर्नु पनि प्रहरीको कर्तव्य हो। तर, त्यहीँ प्रहरी संगठनभित्र केही प्रहरी अधिकृतहरु पछिल्लो समय उल्टै ब्ल्याकमेलिङ गरेर मुद्दा प्रभावित पार्ने गरेको कुरा सार्वजनिक भएका छन्। यस्तै प्रकरणमा फसेकी छन्, प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीमाथि। गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी उनी अहिले निलम्बन सिफारिसमा परेकी छन्।…

Read More