Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलामा नेपाल प्रहरीको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जना विद्यार्थीले सहभागिता जनाएका छन । ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा गरिएको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रतियोगितामा कक्षा ९ र १०मा पढने विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुमा महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, चौलानी एकेडेमी स्कुल गोकुलेश्वर,तथा जनविकास मावि बारवाजगरी ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त…

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

Read More

काठमाडौं : नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो । आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिइन्। उनका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ । सहभागीलाई छ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उहाँहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताए । यसबाट सिकाइ…

Read More

काठमाडौं : लोक सेवा आयोग दिपायल कार्यालयले सैन्य पदका लागी लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको दिपायल कार्यालयले आज एक सुचना जारी गरी उक्त जानकारी दिएको हो । कार्यालयले डोटीबाट संचालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदमा श्री गोरख बक्स गण, मंगलसेन ब्यारेक, अछामबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको जनाएको छ ।

Read More

लुम्बिनी : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन्। उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए । चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए । नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाव दिए। नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष…

Read More

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका-१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी-१ रावतकोटका २७ घरलाई प्रतिरोपनी रु एक लाख ५० हजारका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध जनाएका थिए । सर्वदलीय बैठक र मुआब्जा पाउने नागरिकसँगको छलफलपछि विवाद सुल्झिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए। “सरकारले प्रतिरोपनी रु एक लाख ७५ हजार मुआब्जा…

Read More

धनगढी: धनगढीमा लाखौंका अवैध सामान बरामद गरिएको छ। शनिबार धनगढी उपमहानगरपालिका-६ जाली भन्ने स्थानबाट वडा प्रहरी कार्यालयको टोलीले अवैध सामान बरामद गरेको हो। वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाका अनुसार से १ ह २१८६ नं. को अटोरिक्सामा महिला र पुरुषका विभिन्न लुगा कपडाहरु लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरिएको हो। यस्तै पाच लाख दुई हजार दुई सय पन्ध्र मूल्य बराबरको कपडा र तीन लाख बराबरको अटोसहित आठ लाख दुई हजार दुई सय पन्ध्र मूल्य बराबरको सो सामान थप कारबाहीका लागि नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि त्रिनगर भन्सारमा पठाइएको प्रहरीले जनाएको छ।

Read More

बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो(खर) काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए। गाँजो काट्न गएकी बोहरा आज बिहान ६ बजेतिर भिरबाट लडेकी थिइन्। भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भिरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन्।

Read More

धनगढी: अछामका २ वटा पालिकामा एक लेखा अधिकृतले कब्जा जमाएको आरोप लागेको छ। लेखा अधिकृत नारदप्रसाद खनाललाई दुई पालिका कब्जा गरेको आरोप लागेको हो। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा प्रमुख खनाललाई अर्को पालिकाको पनि जिम्मेवारी दिलाइएपछि उनलाई कब्जाको आरोप लागेको हो। काँग्रेस निकट कर्मचारी खनालले राजनैनिक सेटिङमा दोहोरो जिम्मेवारी हत्याएको कर्मचारीहरुकै आरोप छ। खनालले अहिले बान्नीगढी र रामारोशन गाउँपालिकाको लेखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। भदौ २९ गतेबाट खनालले रामारोशनको जिम्मेवारी पाएका हुन्। यसअघि रामारोशनमा लेखापाल विवेक तिमिल्सिनाले लेखाको काम गर्दै आएका थिए। अहिले तिमिल्सिना खनाल मातहत रहेर काम हेर्दै आएका छन्। खनाल कार्यरत दुबै पालिकामा काँग्रेस नेतृत्वकै सरकार रहेको छ।…

Read More

काडमाडौं: देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ। आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ। प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताए। देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ। भने, कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि…

Read More