धनगढीः नेपाली सेनाका सिपाहीको कुटाइबाट एकको ज्यान गएको छ। सेनाका सिपाही विजयबहादुर बस्नेतको कुटपिटबाट एक जनाको मृत्यु भएको हो। विजयबहादुर श्री महावीर शौर्य गण (रेञ्जर) मा कार्यरत ब्याच नम्बर २७८१६४ का सिपाही हुन्।
बस्नेतले विजया दशमीको दिन मादक पदार्थ सेवन गरी स्थानीय ३० वर्षीय हिक्मतबहादुर बुढासँग विवाद गरेका थिए। विवाद बढ्दै गएपछि उनको कुटपिटबाट बुढा गम्भीर घाइते भएका थिए।
त्यसपछि जिल्ला प्रहरी कार्यालय, दैलेखले उनलाई कुटपिटको आरोपमा कात्तिक ८ गते पक्राउ गरेको थियो। दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहँदा घाइतेको भने उपचारको क्रममा मृत्यु भएको छ।
सुर्खेत अस्पतालमा उपचाररत उनको कात्तिक १० गते निधन भएको जनाइएको छ। हाल सेनाका सिपाही प्रहरीको हिरासतमा छन्।
Facebook Comments Box