Author: महेन्द्रनगर पोष्ट

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रन्जिता श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। सो पार्टीका संरक्षक तथा रन्जिताका पति रेशमलाल चौधरीले हिजो सामाजिक सञ्जालबाट पत्नीको अपरेसन भएको जानकारी गराएका हुन्। अपरेसन सफलतासँगै उनले पत्नीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्। ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष तथा मेरो श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई मुटु अपरेसन कक्षमा लगिएको छ’, रेशमले लेखेका छन् ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना। अपरेसन सफल होस्। पत्नीको अपरेसन हुँदै गरेको जानकारी दिएका रेशमले यसबारे थप जानकारी गराएका छैनन्। तर, रन्जितालाई बोलाउन राजनीतिक दलका नेता नआएको आसयको गुनासो गर्दै भनेका छन्, ‘अस्ति तिम्रो स्टाटस आएको थियो, भकारी रित्तिएपछि मुसाले त…

Read More

काठमाडौँ: सर्वोच्च फुलकोर्टको बैठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत १५९ जनाको नाम पनि सार्वजनिक गरेको छ। वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो। सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चार जनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो। यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो। सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको…

Read More

काठमाडौं: विवादित प्रहरी इन्सपेक्टर बिनुकुमारी शाही निलम्बन सिफारिस भएपछि मुद्दा चलाउने तयारीसमेत थालिएको छ। प्रहरी प्रभाग भैँसेपाटीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाहीमाथि प्रहरीले नै मुद्दा चलाउने तयारी गरेको हो। उनीमाथि ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेर एक युवाबाट ३० लाख रुपैयाँ असुल गरेको आरोप छ। सो आरोपपछि शाहीको जिम्मेवारी खोसिएको छ भने निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ। शाहीकै योजनामा एक जग्गा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने भन्दै ३० लाख असुल गरेको खुलेपछि उनीमाथि समेत ललितपुर प्रहरीले मुद्दा चलाउने तयारी गरेको हो। उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार इन्स्पेक्टर शाहीमाथि मुद्दा नै चलाउनुपर्ने केही आधार देखिएका छन्। थप प्रमाण भेटिए मुद्दा चल्ने स्रोतको…

Read More

बिन्दु चन्द, धनगढी: डडेल्धुरा घर भएकी एक महिला आफ्ना श्रीमानलाई कुटेर फरार भएकी छन् । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ३ घर भएकी महिलाले आफ्ना श्रीमानलाई धारीलो हतियारसमेत प्रहार गरि फरार भएकी हुन्। रोजगारीको क्रममा भारतको ब्याङ्लोरमा बस्दै आएका मनोज धामीलाई उनकी श्रीमतिले कुटपिट गरेकी हुन्। सामान्य विवादमा श्रीमती कमला धामीले कुटपिट गरेको मनोजले बताए। कमलाले मनोजको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेको मनोजले बताए। कमाले कुटपिट गर्दा आफ्नो अगाडिको तीन दाँत भाचिको बताए । उनीमाथी खुकुरी प्रहार समेत भएको उनले बताए । खाना पस्किदेउ भन्दा आफै हालेर खाउ भन्दै आँखामा खुर्सानीको धुलो फालिदिएको उनले बताए।

Read More

धनगढीः बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस पनि गरिएको छ। प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोखिएकोमा प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको हो। ललितपुर प्रहरीले उनलाई निलम्बनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेकोमा रानीपोखरीले हेडक्वार्टर नक्साल सिफारिस गरेको छ। अब हेडक्वार्टरले गृह मन्त्रालयलाई सिफारिस गर्ने छ।गृहले निलम्बन गरेपछि बिनुकुमारी यो घटना छानबिन अवधिभर निलम्बनमा पर्नेछिन् भने आरोप पुष्टि भएको अवस्थामा मुद्दा नै लाग्ने छ। उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय…

Read More

धनगढीः ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ। उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए। इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ। बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको आरोप उनीमाथि छ। जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्रोतले बताएको छ। ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा गरिएको बताइएको छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुटेको बताइएको छ।…

Read More

धनगढीः प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवामा केही बदनाम र असक्षमहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै आलोचना भएको छ। पर्वत जिल्लामा विवादास्पद डिएसपी रबिन बिष्टलाई पठाइएको छ। डिएसपी बिष्ट एक वर्षअघि बालाजु वृत्तको डिएसपी हुँदा बालाजुमा लुटपाट आतंक मच्चिएको थियो। प्रहरीको कमजोर कमाण्डका कारण बालाजु क्षेत्र राज्यको नियन्त्रण बाहिर पुगेको थियो। डिएसपी बिष्टको गाडीसमेत आन्दोलनकारीले जलाइदिएका थिए। जून घटनामा उनलाई त्यहाँबाट हटाएर कारबाही गरिएको थियो। तिनै डिएसपीलाई पर्वत जिल्लाको इन्चार्जमा खटाइएपछि आलोचना भएको छ। इन्सपेक्टरमा रुपन्देही हुँदा त उनले नेटवर्किङ कारोबारीसँग पैसा नै लिएको पुष्टि भएको थियो। जसमा उनलाई समेत मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेकोमा उनले…

Read More

धनगढीः भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन्। मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ। जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन्। साथै उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको थियो। निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले…

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ। एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए। साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए। गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन…

Read More