Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालयको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेका छन्। पक्राउ परेका धामीको झोला चेकजाँच गर्दा दुई किलो ७४० ग्राम चरेस र रावतको होटल खानतलासी गर्दा आधा किलो भन्दा बढि सात सय ४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। अहिले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको…

Read More

काठमाडौं: नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग सर्वोच्च अदालतमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता गरेका छन्। नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो। उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालले प्रहरीहरूको पक्षमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन अन्तरिम आदेश जारी गरेका थिए। यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो। सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो। भदौ १६ गते ३० वर्षे सेवा अवधिकै…

Read More

धनगढीः कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए। उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’ यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८…

Read More

धनगढी: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएको भन्दै भ्रम फैलाएको आरोप लगाएका छन्। कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘निर्दोष छु र क्लिन चिट पाएको भनेर घोषणा गरिएको छ,’ उनले भने, ‘अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाई पाएपछि हो क्लिन चिट पाउने। कानूनी प्रक्रियामा गएर अदालतबाट सफाई पाएपछि हो क्लिन चिट पाइने। त्यो भएको छैन।’कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले अभियोग लागेपछि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै त्यसबाट भाग्नु उचित नभएको पोखरेलले बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले निसर्त रुपमा अनुसन्धानमा…

Read More

धनगढीः आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ। असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ। निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ। निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ। निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ। दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला…

Read More

धनगढीः बझाङको लाइफलाइन सडकका रुपमा रहेको जयपृथ्वी राजमार्ग फेरि अवरुद्व भएको छ। बैतडीको खोड्पेदेखि बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङगाला नजिक बालुवाटारमा पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। ‘मंगलाबार बेलुका वर्षा भएको थियो,’ उनले भने, ‘वर्षा रोकिएपछि आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बैतडीलाई आग्रह गरेका छौं।’ पहिरोले राजमार्ग अवरुद्ध भएपछि बझाङ जाने र बझाङबाट अन्यत्र आउने यात्रुहरु अलपत्र परेका छन्। बझाङ जोड्ने एकमात्र राजमार्ग अवरुद्ध भएपछि चाडपर्वका लगि घर फर्किनेहरु सबैभन्दा बढी समस्यामा परेका…

Read More

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले रवीन्द्र मिश्रको दाबीमा खण्डन गरेको छ। प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको दाबी गरेका थिए। प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ। ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ। सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र…

Read More

काठमाडौं: काठमाडौंमा एक महिलाले पत्रकारको आवरणमा अनेकन काम गर्दै आएको खुलेको छ। बैतडीको सिगास गाउँपालिका ८ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षीया स्मारिका बोहोराले काठमाडौंमा उपद्रो मच्चाएकी हुन्। स्रोतका अनुसार उनले पहिलोपटक भारतको पश्चिम बंगाल घर भई २८ वर्षदेखि नेपालमा बस्दै आएका ४८ वर्षीय बुद्धदेव मैतीको पसलमा काम गर्ने गरेकी थिइन्। नेकपा विप्लव काठमाडौंका सक्रिय कार्यकर्ता राम बोहोराकी छोरी उनले ज्वेलर्समा ‘सेल्स गर्ल’ का रूपमा दुई वर्ष काम गरिन्। गत वैशाखमा बुद्धदेव पसल बन्द गरेर कलकत्ता  गएका थिए। सोही क्रममा स्मारिकाले सटरको ‘डुप्लिकेट’ चाबी बनाइन्। यता, हम्मरमार्फत सेफको चाबी फुटाएर नगद र गहना गरी ६७ लाख हात…

Read More

धनगढी: बाँकको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई मंगलबार दिउँसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।विशेष सुराकीका आधारमा खटिएको बाँके प्रहरी टोलीले नेपालगञ्ज(४ गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले हुण्डीको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा मोहम्मद कादिर सिद्दिकीको साथबाट उनले बोकेको कालो झोलामा राखिएको नेपाली रुपैयाँ ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खानतलासी गर्दा…

Read More

धनगढी । कैलालीमा मोटरसाइलक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति १० बजे मोटरसाइलक दुर्घटना हुँदा जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरका १७ वर्षीय सागर विकको मृत्यु भएको हो । सोही ठाउँका जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिएपछि पछाडि सवार बिक गम्भीर घाइते भएका थिए । बिकलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पुगाइएकोमा उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More