Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ। प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ । नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन। प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउने गरेका छन। एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताइन्। ‘एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्’, उनले भनिन्, ‘घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पुर्याउने गरेका…

Read More

बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। कुँवर घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए। घटना बारे अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

बझाङः बझाङमा नेपाल प्रहरीको दरबन्दी तीन सय ८३ जना भए पनि हाल तीन सय ६ मात्रै कार्यरत छन्। जिल्ला प्रहरी कार्यालय बझाङअन्तर्गतका युनिटमा ७७ जनाको अभाव छ। बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती थपिदै गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए। डीएसपी शाहका अनुसार जिल्ला प्रहरी कार्यालय बझाङअन्तर्गत ३० वटा युनिट रहेको भएपनि हाल ३ सय ६ जना प्रहरी सुरक्षार्थ खटिनुपर्नेमा ७६ जना दुर्गम जिल्ला भएकै कारण काज मिलाएर बझाङ बाहिर बस्ने गरेका छन्। ‘७६ जना उपस्थित भएको भए अहिले असुरक्षित भएका ठाउँमा खटाउन सकिने र सुरक्षा अवस्था राम्रो हुने थियो। ७६ जना अनुपस्थित मध्ये…

Read More

डोटीः जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने पानीमा खानेपानीको मुहानदेखी उपभोक्ताको गाग्रीसम्मै दिसा मिसिएको कीटाणु भेटिएको छ। स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा सिलगढीमा आउने पानीको मुहानदेखी उपभोक्ताको घरको गाग्रीसम्मका ७ वटा नमुना संकलन गरि परीक्षण गर्दा सबैमा दिसाको टिकाणु भेटिएको हो। सिलगढीमा आउने पानीमा अत्यधिक धमिलो हुनुका साथै दिसाको कीटाणु भेटिएको ल्याब असिस्टेन्ट निर्मल ओझाले बताए। उनका अनुसार सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा कोलिफम ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्याङ्कीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको छ। जनावर वा मान्छे कसको दिसा हो भन्ने पहिचान हुन नसकेको तर…

Read More

काठमाडौं : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्।  बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रण लिएको उनले बताइन्। आज पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने दोलखा प्रहरीको तयारी छ।

Read More

कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित थिए नै तर २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि, उनले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उनलाई चिन्ने मौका पायो। शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसंग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसंग तत्कालिन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन्। ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए। २०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएको टोलीका २ सदस्य डुबेर बेपत्ता भएका छन्। वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका २ t युवक देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन्। आज(बिहीबार)बिहान बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका बताइएको छ। लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका बताइएको छ। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए। आइतबार धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि…

Read More

धनगढीः कैलालीमा नगदसहित जुवाको खालबाट १० जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-५ वनकट्टास्थित प्रवेश चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय शिव चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। टोलीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा इलाका प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-६ का ३३ वर्षीय भुवन कुँवरलाई बुधवार साँझ पक्राउ गरिएको हो। जिल्ला अदालत कैलालीले २०७९ मंसिर १४ गते कुँवरलाई बहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार जरिवाना तोकि फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Read More