काठमाडौंः गृह मन्त्रालयद्धारा ४० उपसचिवको सरुवाका साथै ११ जिल्लाका सिडिओ फेरिएका छन्।
विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सिडिओमा खटाइएको छ।
त्यस्तै, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्ण प्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहाललाई सिडिओको जिम्मेवारी दिइएको छ।
।
Facebook Comments Box