Author: महेन्द्रनगर पोष्ट

धनगढी: बाजुरामा बलात्कार काण्ड घटाएर भागेका एक युवक नेपालगञ्जमा समातिएका छन्। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुरा स्रोतले बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला ल्याउन लागिएको जानकारी दिएको छ। स्रोतका अनुसार नेपालगञ्ज प्रहरीको सहयोगमा बुढालाई समातिएको हो। प्रहरीका अनुसार उनी एक एकल महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। उनलाई नातामा हजुरआमा पर्ने महिलालाई गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो। उनी जाँड खाएर एकल महिलाको घरमा पसेको प्रहरीको दाबी छ। त्यसपछि उनकै घरका सदस्यसमेत आएर आफूमाथि कुटपिट पनि गरेको महिलाको भनाई…

Read More

बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मंगलबार पनि आवागमन बन्द गरिएको छ।  महाकाली नदीमाथिको रहेका झोलुंगे पूल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। पूलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मंगलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो। यसअघि  मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो। तर मर्मतको काम नसकिएको भन्दै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए। अर्को सूचना जारी नहुँदा सम्मको लागि दैनिक  बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म पुलमा…

Read More

काठमाडौँ: नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ। नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको छ। पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ। चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ। यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरुङ जोड्ने गरी चार सय…

Read More

कञ्चनपुर: कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएका छन्। सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन बनेका हुन्। सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि  प्रयोगविहीन सञ्चालनका लागि चार विकल्प प्रस्ताव गरिएको छ। रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो। सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमितिले बनाएको थियो। उक्त उपसमितिले ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ वटा विकल्प प्रस्ताव गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।  एक हजार क्षमताको संरचनाको ३० प्रतिशत विपद्को प्रयोगका लागि र…

Read More

धनगढी: सुदूरपश्चिममै पहिलोपटक प्रहरीले सुधारकेन्द्र स्थापना गरेर सञ्चालन गरेको लागुऔषधको कुलतमा फसेकालाई सुपथ शुल्कमा गुणस्तरीय उपचारको व्यवस्था गर्न कैलालीको धनगढीमा आसरा सुधार केन्द्र स्थापना गरिएको हो। प्रहरी नायब महानिरीक्षक(डिआइजी) भरतबहादुर बोहराको नेतृत्वमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापनाका लागि सम्झौता भएको थियो। आइतबार नगरप्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। जसअनुसार धनगढी उपमहानगरपालिका–१४ फुलवारीस्थित ज्येष्ठ नागरिक भवनमा सुधार केन्द्र स्थापना भइसकेको डिआइजी बोहराले बताए।

Read More

धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।सोमबार जिल्लाको बर्दगोरिया गाउँपालिका-४ छतिउनका रामबहादुर भुलको ४ कोठे खरले छाएको घरमा खाना पकाउने क्रममा दाउराबाट बालेको आगोबाट सोमबार आगलागी भएको हो। आगलागी हुँदा घरभित्र रहेका अन्नपात, भाँडाकुडा, लत्ताकपडा लगायतका अन्दाजी २ लाख १० हजार बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनमएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

दमौली: तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजो पोखरामा मृत्यु भएको हो। तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो।  प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More

कैलाली: कैलालीमा माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। भजनी नगरपालिका–१ मधुवन शिविरका ४० वर्षीय श्रीकृष्ण चौधरीको नालामा डुबेर मृत्यु भएको हो। सोही ठाउँको बरदान चटिया नालामा माछा मार्दा सोमबार साँझ डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीले अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

सुर्खेत: काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दाङमा दुर्घटनामा परेकाे छ। पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ। दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरुकाे उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेकाे छ। गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ। आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो। नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने छ।

Read More