Author: महेन्द्रनगर पोष्ट

धनगढी: बाँकको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई मंगलबार दिउँसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।विशेष सुराकीका आधारमा खटिएको बाँके प्रहरी टोलीले नेपालगञ्ज(४ गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले हुण्डीको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा मोहम्मद कादिर सिद्दिकीको साथबाट उनले बोकेको कालो झोलामा राखिएको नेपाली रुपैयाँ ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खानतलासी गर्दा…

Read More

धनगढी । कैलालीमा मोटरसाइलक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति १० बजे मोटरसाइलक दुर्घटना हुँदा जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरका १७ वर्षीय सागर विकको मृत्यु भएको हो । सोही ठाउँका जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिएपछि पछाडि सवार बिक गम्भीर घाइते भएका थिए । बिकलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पुगाइएकोमा उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी: धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयावेहडी चोकमा कञ्चनपुरको वेदकोट नगरपालिका–५ बस्ने २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरीरहेको अवस्थामा फेला पारी सञ्चालन जोशीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै सोमबार कैलालीमै लागुऔषधसहित एक जना पसल सञ्चालक पनि पक्राउ परेका थिए। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सका पसल सञ्चालक बझाङको केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बरबहादुर गुरधामी लागूऔषधसहित पक्राउ परेका हुन्। उनलाई ५३ ग्राम ८ सय १० मिलिग्राम लागुऔषधिसहित सोमबार दिउँसो इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको…

Read More

धनगढी: नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी पुग्नै लागेका छन्। उनी पार्टीको निर्धारित कार्यक्रमका लागि धनगढी आउन लागेको बताइएको छ। यस्तै हिजोमात्रै एमालेका नेता एवं उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी पनि धनगढी आइपुगेका थिए। उनीपछि हिजै अर्का नेता कर्णबहादुर थापा, गणेश ठगुन्ना लगायत पनि धनगढी ओर्लिएका थिए। उनीहरू लगायत सुदूरपश्चिम एमालेका शीर्ष नेताहरु धनगढीमा भेला भएको बुझिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाहिर रहेका बेला पार्टी कार्यक्रमका लागि महासचिव आउन लागेका हुन्। हिजो आएका मन्त्री भण्डारीले भने हिजै कैलालीमा जिल्लाका विषयगत कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसँग मन्त्री भण्डारीले बैठक समेत गरेका थिए।…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस रकमसहित पक्राउ गरेको छ। आयोगको इटहरीबाट खटिएको टोली सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो। ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पनि पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान गरेको हो। महाशाखाको सो पूर्वानुमानसँगै सुदूरपश्चिम प्रदेश सरकारले सतर्क रहन सबैमा अपिल गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हिजो एक विज्ञप्ति नै जारी गरेर सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको हो। कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्ने आग्रह गरिएको छ। पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरुमा पानीको जलप्रवाहले पानीको…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ। बुढाबूढीसमेत रहेका रेशमलाल चौधरी र रन्जिता चौधरीले संयुक्त रुपमा चलाइरहेको सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीको कारबाही फुकुवा गरेको हो।  पार्टी अध्यक्ष श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेको जनाएकी छन्। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेककी थिइन्। झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको हो।अहिले पार्टी विवाद समाधानतर्फ गएको देखिन्छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीको (नाउपा) आन्तरिक कलहमा पूर्णविराम लाग्ने देखिएको छ। पति-पत्नीसमेत रहेका रेशमलाल चौधरी, जो पार्टीका संरक्षक हुन्। उनी र उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठको सम्बन्ध मिलापतर्फ गएकाले कलह अन्त्यको संकेत देखिएको हो। स्रोतका अनुसार उनीहरूबीच केही समयदेखि देखिएको राजनैनिक तथा पारिवारिक विवाद समाधानउन्मुख छ। सोही सिलसिलामा श्रीमान-श्रीमतीसमेत रहेका संरक्षक चौधरी र पार्टी अध्यक्ष श्रेष्ठले आपसी मतेभत मत्थर पार्दै संयुक्त बैठक बोलाएका छन्।  ०८० पुसमा भएको पार्टीको पहिलो महाधिवेशनपछि यी दुईबीच किचलो शुरु भएको थियो। त्यसयता श्रीमान-श्रीमती दुबैले आफूलाई नेतृत्व दावी गर्दै छुट्टा-छुट्टै बैठक बोलाउदै आएका थिए। जसको कारण पार्टी विभाजनको संघारमा पुगेको चर्चासमेत चलेको थियो। तर, अहिले यी…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले डिएसपीहरुएको सरुवा गरेको छ। नक्सालले मंगलबार गरेको एक सय ४३ डिएसपीको सरुवामा काठमाडौं उपत्यकाका ८ वृत्तका डिएसपी पनि फेरिएका छन्। यसरी फेरिनेमा एक वर्ष अवधि पुगेका डिएसपीहरु छन् भने केहीको काज तथा काज थमौती पनि गरिएको छ। जसअनुसार बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ। त्यस्तै, महाराजगञ्ज वृत्तमा कार्यरत डिएसपी रबिन्द्रनाथ पौडेलको त्यही दरबन्दी कायम भएको छ। यस्तै दरबारमार्ग वृत्तमा भने राजकुमार श्रेष्ठलाई पठाइएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा तथा काज गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूको काज तथा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा र काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सूची डिएसपीको सूची

Read More