Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा माओवादी केन्द्र निकट वाइसीएल बैतडीका अध्यक्ष नवीन बाेहरा “निर्माण” एमालेमा प्रवेश गरेका छन् । एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले शनिबार बाेहरालाई पार्टीमा स्वागत गरेका हुन् । अत्तरियास्थित भट्टकाे निवासमा एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले पनि निर्माणलाई पार्टीमा स्वागत गरेका हुन् ।

Read More

काठमाडौँ: नेकपा (एमाले) का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेका हुन्। पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएका सांसद दीपा शर्माले जानकारी दिइन्। समवेदना दिन एमालेका सबै सांसद गएका थिए। नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो।

Read More

धनगढी: पत्रकार यम बमको अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएको छ। सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूको शनिबारको भेलाले नयाँ पत्रिका दैनिकका पत्रकार बमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भूपेन्द्र शाह र कोषाध्यक्षमा सरिता थारू रहेका छन्। समितिको सदस्यमा सन्तोष रोकाया, प्रशान्त ओझा, रमेश टमट्टा, लोकेन्द्र भट्ट, कृष्णसिंह लोथ्याल, कपिल भट्ट र हरि भट्ट रहेका छन्।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।

Read More

बाजुराः बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका–९ गड्खेतबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। शनिवार गड्खेतका स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ३ लिटर अवैध मदिरा समेत बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीले गएराति राजधानीको तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा भएको चार जनाको हत्याको अनुसन्धान थालेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबि समिति गठन गरेको जानकारी दिएको छ । समिति सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन् । एउटै परिवारका तीन जनासहित चार जनाको हत्या मध्यरातमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त घटनामा संलग्न भएको आशंकामा…

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्टिच्युटले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा बाेल्दै उनले साे कुरा बताएका हुन् । उनले १६ औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गर्दै उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए । उपाध्यक्ष डा श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले कर्जा रोक्नुपरेको बताए । “सहुलियतपूर्ण कर्जा हामीले बाँड्यौँ । तर उत्पादन र रोजगारी बढेन । त्यसैले…

Read More

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बलेफी गाउँपालिकास्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।। मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नवीन पाण्डे र पाँचपोखरी थाङपाल गाउँपालिकाका सुरज दोङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।​ ​ मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र दोङ जिल्ला सदस्य हुन्।​ शनिवार दिउँसो १ बजे इन्धन बोक्ने ट्यांकरले बा प्र ०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।​​ ठक्कर दिने ट्याङकर र चालक भीमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

भक्तपुर : दुई महिनाअघि घरबाट हराएकी एक महिलाको टाउको छिनेको अवस्थामा शनिबार शव फेला परेको छ। मध्यपुरथिमि नगरपालिका–४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए। दुई महिनाअघि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए। पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो। ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,’ उनले भने। परमेश्वरीकी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन्।…

Read More

बैतडीः बैतडीमा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्रसिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिबार दिउँसो घरभित्रै मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More