बैतडी: बैतडीमा एक किशोरी हराएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–८ दोराकी २० वर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता रहेको पारिवारिक श्रोतले जनाएको छ।
गोठालो गएकी कल्पना अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमाले जानकारी दिइन्। उनी कहिँकतै फेला नपरेपछि हिजो आइतबार प्रहरीचौकी ढोल्यमोडमा निवेदन दिएको पारिवारले जनाएको छ।
बेपत्ता भएकी कल्पनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। कल्पनामा कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेको बताइको छ।
Facebook Comments Box