धनगढी : एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र न्युजिल्याण्ड भिड्दैछन्। यी दुई टोलीबीचको खेल भारतको चेन्नेईमा दिउँसो सवा २ बजे शुरु हुनेछ। जारी प्रतियोगितामा न्युजिल्याण्ड लगातार २ खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ। एकमा जित र एकमा हारको नतिजा निकालेको बंगलादेश छैटौँ स्थानमा छ। न्युजिल्याण्ड आज लगातार तेस्रो जितको खोजीमा रहँदा बंगलादेश भने दोस्रो जित निकाल्ने ध्याउन्नमा हुनेछ। यी दुई टोलीबीचका पछिल्ला ५ खेलमा ४ खेल न्यूजिल्याण्डले जित्दा एक खेल नतिजाविहीन भएको छ। यसअघि गएराति सकिएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध कीर्तिमानी जित निकालेको थियो।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : गत भदौमा कैलालीका धनबहादुर चौधरी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत इजरायल गएका थिए। उनी किबुजस्थित एक कृषि फार्ममा आफ्ना १६ जना नेपाली विद्यार्थी साथीहरूसँगै काम गर्दै आएका थिए। शनिबार बिहान साथीहरू सँग बसिरहेको समयमा बिहान करिब ८ बजे हमासले आक्रमण गर्यो। आक्रमणमा परेर धनबहादुर घाइते भए। साथीहरू नारायणप्रसाद न्यौपाने, आशीष चौधरी, दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलासा, पदम थापा र प्रवेश भण्डारीको ज्यान गयो। अन्य तीन जना घाइते भए। दुई जना भने सकुशल छन्। बंकर भित्र लुकीरहेको अवस्थामा उनीहरू माथि हमासले आक्रमण गरेको थियो। हमासको अप्रत्याशित आक्रमणपछि अटोमेटिक बजेको इजरायलको साइरनपछि नेपाली…
डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका–६ सिम दोगडामा अवस्थित गंगेश्वर देवताको जाँत (गंगास्नान) मेला भोलि अर्थात् असोज २७ गते लाग्ने भएको छ। गंगेश्वर धाममा लाग्ने स्थानयी भाषामा गंगानान भनेर चिनिने मेला असोज २७ को राति लाग्ने भएको हो। दशैंको पूर्वसन्ध्या तथा पितृ बिसर्जन औंसीको राति रतेडि र घटस्थापनाको बिहान दिउसेडी मेला लाग्ने गंगेश्वर मन्दिरका पुजारी प्रेमराज पन्तले बताए। डोटेली नदी र सोर्नया नदीको मिलन हुने स्थल (दोभान)मा रहेको गंगेश्वर मन्दिरको धाममा मेला लाग्ने उनले बताए। मेलामा अजयमेरु गाँउपालिकाको राजुलगाँउ, भण्डारीगाँउ, भागेश्वर गाउँपालिकाको बोगटागाँउ र मेलौली नगरपालिकाको कोटीगाँउबाट देउरा जाने गर्दछन्। गंगेश्वर मन्दिरको धाममा लाग्ने गंगास्नान मेला वर्षको दुईचोटि लाग्ने गर्दछ। असोज औंसीको…
काठमाडौं: सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धारपछि परराष्ट्र मन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिएका छन् । उद्धार गरि ल्याइएको भिडमा कञ्चनपुरको महेन्द्रनगरकी श्वेता भट्ट पनि थिइन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि उनले इजरायलको लडाइँ प्रत्यक्ष हेरेको बताइन् । उनले भनिन्, ‘एकदमै खुसी छौं । म त यो प्रक्रिया एकदमै लामो हुन्छ, हामीलाई एकदमै गाह्रो हुन्छ नै सोचिराको थिए । किनभने अझ धेरै देशहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरिसकेको छैन । तर,…
डडेल्धुरा: युवाहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई खेलकुद पोसाक(जर्सी) सहयोग गरेका छन् । प्रहरी दिवसमा हुने खेलकुदका लागि युवाहरुको समूहले २१ थान जर्सी सहयोग गरेका हुन् । २१ मध्ये ६ सेट शिशिर फेन्सी स्टोर, ५ सेट भूमिराज डिजिटल हब र ५/५ सेट सामाजिक अभियन्ता सुरत तमोली तथा सन्तोष ऐरले दिएका थिए ।
धनगढीः धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानरपालिका–१० गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका १७ वर्षीय किशोर बिहीवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
काठमाडौं : बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । गएराति बझाङ र बागलुङमा भूकम्प गएको हो । बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।
बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । नगरपालिकाका हाकिम भानुभक्त भट्टको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई सरुवा गरेपछि बिहीवार एक कार्यक्रमका बीच बिदाई गरिएको नगर प्रमुख दिपकबहादुर बमले जानकारी दिए । भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चौडी सरुवा गरेको थियो । रक्षा मन्त्रालयमा कार्यरत भट्ट सरुवा पछि बैशाख २० बाट पुर्चौडी नगरपालिकामा हाजिर भएका थिए । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार लगायतका अन्य कामकारबाही गर्न समस्या भएको छ।
बझाङ : असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि त्यो क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुर, मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएका बताइएको छ । भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए । सामान्यतया दुई–तीन महिनासम्म भूकम्पका पराकम्पन नरोकिने र ठुलो भूकम्पको समेत जोखिम रहेकाले यसको सबैभन्दा…
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले डडेल्धुराको अमरगढी किल्लाको संरक्षण तथा प्रवद्र्धनमा बजेट अभाव नहुने बताएकी छिन् । बिहीबार किल्ला भित्रै आयोजना गरिएको बृहत छलफल कार्यक्रममा बोल्दै उनले किल्लाको विकासका लागि आफू सधै लाग्ने बताएकी हुन् । उनले अमरगढी किल्लालाई डडेल्धुराको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकजुुट भएर लाग्न आवश्यक रहेको औल्याइन् । ‘यहाँका बुद्धिजिवी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज सबैले किल्ला हाम्रो भनेर एकजुुट हुन जरुरी छ’ उनले भनिन्, ‘प्रदेशको पहिलो सभामा मैले अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धनका लागि आग्रह गरेकी छु ।’ यस्तै अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले किल्लाको संरक्षणका लागि बजेट माग…