बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । नगरपालिकाका हाकिम भानुभक्त भट्टको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई सरुवा गरेपछि बिहीवार एक कार्यक्रमका बीच बिदाई गरिएको नगर प्रमुख दिपकबहादुर बमले जानकारी दिए ।
भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चौडी सरुवा गरेको थियो । रक्षा मन्त्रालयमा कार्यरत भट्ट सरुवा पछि बैशाख २० बाट पुर्चौडी नगरपालिकामा हाजिर भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार लगायतका अन्य कामकारबाही गर्न समस्या भएको छ।
Facebook Comments Box