Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अन्सारीलाई क्रसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा साँझ मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध सेवन गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका २ भाँसीका २२ वर्षीय अबिषेक चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले बाटोमा बसी लागुऔषध प्रयोग गरिरहेको अवस्थामा फेला पारि बिहीवार पक्राउ गरेको जनाएको छ। चेकजाँच गर्दा उनको साथमा ०.०५ ग्राम लागुऔषध खैरो हेरोइनसमेत फेला पारि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।  

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज (शुक्रवार) शोक बिदा दिइएको छ। नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो। बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको अस्ति राति हृदयघातबाट निधन भएको बताइएको छ।

Read More

बैतडी: बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरीलाई उपचारका लागि धनगढी पुगाइएको छ। जिल्लाको  पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पूजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ। पूजालाई बिहीवार  मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमण पछि घाइते किशोरीलाई  उद्धार गरेर   मेलौलीस्थित केशपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याएर सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको  थियो। टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले त्यहाँबाट थप उपचारका लागि  धनगढी रेफर गरिएको बताइएको छ। उनको अहिले मायामेट्रो अस्पतालमा  आईसियूमा राखेर उपचार भइरहेको  छ।

Read More

कैलाली: प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएको छ। जसमध्ये सुदूरपश्चिममा ५ पद खाली भएका हुन्। निर्वाचन आयोगका अनुसार बझाङ–१ को प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त छ। सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ गते निधन भएको थियो। सिंह कांग्रेसबाट निर्वाचित भएका थिए। यस्तै कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ। कांग्रेसबाट निर्वाचित समिति प्रमुख जितेका कलेलको २०७९ पुस २३ मा निधन भएको थिए। उता डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ। गत वर्ष मङ्सिरमा…

Read More

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोप लागेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएको पीडित युवती संगीता विकले बताइन्। पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ। उक्त विभेद विरुद्ध जिल्ला प्रहरी…

Read More

काठमाडौं: निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत हुने भएका छन्। उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने  मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ)/केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्नेछन्।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी: नेकपा (एकीकृत समाजवादी) का नेता तथा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेमगरले नेपालमा रहेका क्यासिनोले नेताहरूलाई चन्दा दिने गरेको ठोकुवा गरेका छन्। अस्ती सिंहदरबारभित्रै लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनका अनुसार उनले आफू पर्यटनमन्त्री हुँदा राज्यलाई कर नतिर्ने क्यासिनोबाट करोडौं कर उठाएका थिए। यस्तै उनले त्यसबेला कर नतिर्ने एक क्यासिनोको त लाइसेन्स नै खारेज गरेको बताए। अहिले पनि ६ वर्षदेखी कर नबुझाएका क्यासिनो चलिरहेको उनको दाबी छ। यस्तै उनले राजनीतिक दल र ठूला नेताहरूलाई क्यासिनोले १ करोडदेखि ५ करोडसम्म चन्दा बुझाउने गरेको खुलासा गरे। तर त्यसको प्रमाण भने उनले दिएका छैनन्। उनले आफू मन्त्री…

Read More