धनगढीः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी दुर्घटना भएको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चढ्ने गाडी दुर्घटना भएको हो।
प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए। खमौरामा दुर्घटना भएको गाडीको अगाडीको भागमा क्षति पुगेको छ। चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठोकेका हुन्। उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको बताएका छन्।
उक्त निजी गाडी चालककी श्रीमती बिरामी भएकाले गाडी नगरपालिकाका चालकले बिहिवार चलाएका थिए। उक्त निजि गाडीलाई नगरपालिकाले दैनिक तीन हजार भाडा दिने गरी प्रयोगमा ल्याउँदै आएको थियो। मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमा नगरपालिकाको खर्च हुँदै आएको छ।
Facebook Comments Box