काठमाडौं: नेपाली सेनाको जीपले ठक्कर दिँदा एक जना युवतीको ज्यान गएको छ। सेनाको चण्डी दल गणका हुद्दा मोहम्मद नुरेन देवानले चलाएको गाडीले ठक्कर दिँदा काठमाडौं महानगरपालिका वडा नम्बर १३, ताहाचल बस्ने ३१ वर्षीया आकृति शर्माको मृत्यु भएको हो।
हिजो बेलुका पौने ८ बजे राष्ट्रियसभा गृहअगाडि सेनाको प्रदेश–३–०१–००१ ग ३७०५ नम्बरको गाडीले बा.प्रदेश ०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
सेनाको गाडीले ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेकी युवतीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उनको शव पोस्टमार्टमका लागि वीर अस्पताल ल्याइएको छ। यता,ड्राइभर देवान भने सैनिक प्रहरीको हिरासतमा छन्।
Facebook Comments Box