Author: महेन्द्रनगर पोष्ट

मोतिहारी : अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ । अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ । परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन् । एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उनले बताए । “बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी रू ३० हजार बढी खर्च गरेर धान रोपेको थिए”, तमोलीले भने, “गए राति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको…

Read More

कास्की : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । पोखरा विमानस्थल गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भव्य उद्घाटन गरिएको थियो । पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो । गण्डकी प्रदेशका उद्योग पर्यटन…

Read More

काठमाडौँ: मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक परिमार्जन र संशोधनका लागि प्रस्ताव गरेको हो । निर्वाचनसँग सम्बन्धित विद्यमान सात वटा ऐनका प्रावधानलाई समेटी एकीकृतरुपमा तयार गरिएको विधेयकको मस्यौदामा खासगरी निर्वाचन अभियानलाई थप मर्यादित तुल्याउन, मौन अवधि घटाउन र खर्चलाई पारदर्शी बनाउन प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले बताए । निर्वाचन मौन अवधि २४ घण्टामा सीमित पार्ने,…

Read More

सुदूरपश्चिम: अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ । लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुन विपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो । सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारी साधन उपलब्ध गराइएको बताए । “विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भने ।…

Read More

काठमाडौँ: आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको कम्तीमा आधारभूत ज्ञान वा जानकारी हुन जरुरी हुन्छ । सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मकरूपमा सही र तथ्यपरक हुन्छ…

Read More

काठमाडौं: प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ। भेटमा राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन्। खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने उनले बताइन्।

Read More

धरान : धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागुऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई ‘डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने’ भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्।  उनलाई साम्पाङले नगर प्रहरी बोलाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 

Read More

इटहरी: सुनसरीको बर्जुमा गाउँपालिका १ शुक्रबारेमा दुई जना प्रहरी लुटिएका छन्। ड्युटीमा गरिरहेक सादा पोसाकमा रहेका २ जना प्रहरीलाई चिर्पटले हानेर ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जनाएको छ। सादा पोसाकमा ड्युटीमा रहेका बिमन परियार र प्रेम चौधरीलाई अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ।

Read More

लन्डन: अफ्रिकी देश मोरोक्कोमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन्। भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ। भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Read More