लन्डन: अफ्रिकी देश मोरोक्कोमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन्।
भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ। भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
Facebook Comments Box