Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष परस्त्रीसहित होटलबाट रंगेहात पक्राउ परेका छन् । विदुर नगरपालिका वडा नम्बर २ को होटल दरबारभ्यूबाट नेपाली कांग्रेसका नेता समेत रहेका हरीबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना बिबरण बताउन नचाहे पनि पक्राउ गरिएकोबारे भने पुष्टि गरेको छ । महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो । तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए ।…

Read More

काठमाडौँ : मिनबहादुर गुरुङ रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ जिल्ला अदालतको आदेशपछि रिहा भएका हुन् । उनलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र हरि फूयालको इजलासले हरेक घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको हो । अधिवक्ता विकास भट्टराईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गरी २०७२ सालमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले उनको माग बमोजिम आदेश जारी गरेको हो । अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हालेका थिए । समितिले सरकारले अनुदान दिएमा घरघरमा संविधान बाँड्न सकिन्छ…

Read More

धनगढीः कैलालीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरघाटबाट भन्सार छलीका अन्दाजी करिब १२ हजार मुल्य बराबरको रेडिमेड अचार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै, जोशीपुर गाउँपालिका–१ लक्करमन्डी चोकबाट अन्दाजी ४० हजार मुल्य बराबरका लेडिज चप्पल, जुत्ता लगायतका सामान आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

डडेल्धुरा: शनिबार रातिदेखिको अविरल वर्षाले पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आइतबार साँझ राजमार्ग अन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखर्क नजिकै पहिरो गएको हो। पहिरोले राजमार्ग अवरुद्ध भएको र प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसम नायकले जानकारी दिए। सुदूर पहाड र तराई जोड्ने राजमार्ग अवरुद्ध हुँदा भएर दर्जनौँ सवारीसाधन रोकिँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। 

Read More

धनगढी: धनगढीमा आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा लायन्स/लियो क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको एवं साइक्राटिक्स एसोसिएसन नेपाल र नेप्लिज योङ्ग ईन्टरप्रेनर फोरम कैलाली च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो। सचेतना कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउद प्रमुख अतिथि थिए भने कैलाली प्रहरीका प्रहरी निरीक्षक लोकबहादुर कार्की विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोचिकित्सक डा.राम प्रसाद लामिछाने, डा. प्रभात सापकोटा, डा.साजन खड्का र मनोचिकित्सा परामर्शकर्ता सुशील चटौतले सहजीकरण गरेका थिए।

Read More

काठमाडौं : ड्यूटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई अहिले काठमाडौंको बुद्धनगर बस्दै आएका ३० वर्षीय राजकुमार घिसिङलाई प्रहरीले समातेको हो । हिजोराति तीब्र गतिमा स्कुटर चलाएका घिसिङलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले शंखमुल सडकमा समातेको थियो । त्यसक्रममा उनले चेकजाँचमा खटिएका प्रहरीलाई अपशव्द प्रयोग गर्नुका साथै हातपातसमेत गरेको बताइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : धनगढी बाट बझाङ आउदैं गरेका दुई वटा बस एक आपसमा ठोक्किएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे हरिहर प्लाजा नजिकै आज आईतबार दिउँसो करीव २ बजे तिर खप्तड मालिका गाडी २८७१ नम्बर बसले डिलेक्स ३२३२ नम्बरको बस एक आपसमा ठोकिएका हुन् । दुई दिन यता भारी वर्षा भईरहेका कारण सिलिप खाएर एउँटा बसको अगाडीको भाग र अर्को बसको पछाडीको भाग एक आपसमा चिप्लीएर ठोक्कीदा सामान्य क्षति भएको हो । यात्रु र चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नामलाई लिएर विवादमा आएको चलचित्र ‘एक भगवत् गीता’ को निर्माण पक्ष र धार्मिक संघसंस्थाबीच सहमति जुटेको छ । चलचित्र विकास बोर्डमा आज बसेको निर्माण पक्ष र धार्मिक संघसंस्थाका पदाधिकारीहरुको बैठकले चलचित्रको नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति गरेको हो । सहमतिअनुसार चलचित्रको नाम अब ‘एक भागवत र एक गीता’ राखिनेछ । त्यस्तै, चलचित्रको नामसँगै ‘सामाजिक कथा’ लेख्ने पनि सहमति भएको छ । ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरी “एक भागवत र एक गीता (सामाजिक कथा)” राख्ने सहमति भयो । चलचित्र प्रवर्द्धनमा कुनै पक्षबाट विरोध वा व्यवधान सिर्जना नगर्न एवं चलचित्रको प्रचार प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्न र…

Read More

बागलुङ : बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । उनले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको…

Read More