भजनी: रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३० लाख ८१ हजार अर्थात् ४४ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५०…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: कञ्चनपुरमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाकोे बेलौरी नगरपालिका–८ पचुइ, स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। अत्यधिक ज्वरो आएपछि उयपचारका लागि धनगढी लगिएका उनको गएराति मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए ।
धनगढी: धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियापछि ज्यान गुमाएका कञ्चनपुरको बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको शव बुझिएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार अबेर राति क्षतिपूर्ति वापत २२ लाख रुपैयाँ दिने र डाक्टरलाई कारवाहीका लागि सिफारिस गर्ने सहमतीपछि चौधरीको शव बुझिएको हो । बाँया मृर्गौलाको पत्थरीको शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुुँदा डाक्टरले मृर्गौला झिकेपछि चौधरीको मृत्यु भएपछि क्षतिपूूर्ति र कारवाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । उनीहरुले क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने अडान राखेपछि सहमती हुन सकेको थिएन तर सोमबार राति २२ लाखमा कुरा मिलेको अस्पताल स्रोतले जनाएको छ । ‘उहाँहरुले एक करोड रुपैयाँ माग…
टीकापुर: कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्याएको बताए । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, उनले भने, “धानबाली पसाउन थालेको छ । यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।” छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताए । “केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे”, उनले…
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग १० बजेदेखि बन्द हुने भएको छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो । कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि ६ घण्टा यातायात बन्द गर्न लागिएको बताइएको छ ।
धनगढी: कैलालीस्थित अत्तरियाका युवाद्वारा पहिरो पीडितलाई सहयोग तथा राहत प्रदान गरिएको छ। हिजो (सोमबार) गोदावरी नगरपालिकास्थित वडानम्बर-४ हनुमान मन्दिर नजिकैको जंगलमा बसिरहेका पीडितहरुलाई सहयोग प्रदान गरिएको हो। ८ घरपरिवारलाई सहयोगस्वरुप खाद्यान्नसहितका सामग्रीहरु पीडितलाई हस्तान्तरण गरिएको युवा उत्तम महराले जानकारी दिए। उनका अनुसार हालै आएको पहिरोका कारण गोदावरीकै भ्यागुत्तेपानीबाट विस्थापित भएका परिवारहरु जंगलमा बसिरहेका छन्। यस्तै अर्का युवा बिराज बिष्टले पनि आफूहरुले सहयोग उठाएर, जुटाएर सहयोग गरिएको बताए। यसपछि चुरेमा पनि सहयोग प्रदान गर्ने योजना रहेको उनले बताए। तर स्थानीय तथा प्रदेश सरकारले भने पीडितलाई बेवास्ता गरेको उनको आरोप छ। पीडितहरुको दीर्घकालीन समाधान तथा व्यवस्थापन खोज्नुपर्नेमा सरकारले उनीहरूलाई राहतसमेत नदिएपछि आफूहरु…
धनगढी: बझाङमा गत मङ्गलबार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्। श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो। भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए। मोबाइल चोरी, चक्कु प्रहार ४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र…
धनगढीः धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ। हिजै अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो। उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ। उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो। उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्याधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका थिए।…
काठमाडौं: एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनालले केही अनलाईन मिडियाले भ्रमपूर्ण समचार प्रकाशन गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । खनाल भागेर अमेरिका पुगेको भन्ने समचार केही अनलाईन मिडियामा प्रकाशन भएसँगै उनले समचारको सार्वजनिक खण्डन गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्: कथित काठमाडौँ टुँडे नाम गरेको एउटा अनलाइनले हाल म व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला मेरो चरित्र हत्या गर्दै ‘६० केजी सुन तस्करी प्रकरण: पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल’ शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त समाचार कपोलकल्पित,…
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताए। मन्त्री साउदले भने, ‘केही दिनमा नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल जाँदैछ, सो अवसरमा अनौपचारिक रुपमा भए पनि सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक राखेर सार्कलाई गतिशीलता तथा पुनः जीवन दिइने बारेमा छलफल गरिनेछ ।’ उनले सीमा र सुरक्षाका बारेमा सरकार संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक काम हुँदै आएको बताए । सीमा सम्बन्धमा दुवै देशको संयुक्त समितिमार्फत…