Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाल प्रहरीका दुई प्रहरी जवान निलम्बनमा परेका छन्। सवारी चालकसँग घूस लिएको आरोपमा रौतहट र सर्लाहीका दुईजना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन्। राजमार्गमा ड्युटी गर्ने क्रममा जिप चालकसँग घूस रकम लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका थिए। उनीहरूले जिप चालक रौटहटका सिकन्दर पटेलसित फरक फरक ठाउँमा एक-एक सय रुपैयाँ घूस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा व्यापक अनियमितताको गन्ध आएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ। कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको हो। महेन्द्रनगरपोष्टलाई प्राप्त पत्रअनुसार अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सो सम्बन्धी प्रमाण, स्वास्थ्य शिविर सम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अप्रेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धी कागजात मागेको छ। ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन। हिजो शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगर ब्यारेलबाट २९ वर्षीय दिपक राना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का राना एक ग्राम ३३० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उनले मोटरसाइकलको ऐना भित्र लागुऔषध लुकाएका थिए। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको प्रहरी टोलीले मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट आठ सय २० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन। प्रहरीका अनुसार सोही ठाउँका २७ वर्षीय तेजबहादुर खड्का, २५ वर्षीय कुमार खड्का र २६ वर्षीय राज खत्री लागुऔषधसहित पक्राउ परेका हुन्। शनिवार साँझ…

Read More

काठमाडौं: काठमाडौंको तारकेश्वर नगरपालिका–३  चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ। गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए। उनका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं: भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ। नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हाे। कार चालकको उपचार भइरहेको छ। शनिबार राति छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन्। उनी बलरामपुरमा झरेको आफन्तीले बताएका छन्। घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तीहरू श्रावस्ती गएका छन्।

Read More

नयाँ दिल्ली: भारतको उत्तराखण्डस्थित रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ। एनडीआरएफ,एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए। जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ। रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ। रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ।

Read More

धनगढीः कैलालीमा एक वृद्ध मृत फेला परेका छन। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मैयाका ६० वर्षीय बजारु डगौरा थारु मृत फेला परेका हुन्।  प्रहरीका अनुसार शनिवार थारु बेहडाबाबा गएका थिए। उनी बेहडाबाबाबाट घर फर्किदा घर नजिकैको धान खेतमा मृत फेला परेका हुन्। शनिवार राति थारुको शव फेला परेको र थप अनुसन्धन जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

Read More

काठमाडौँ : नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी,…

Read More

काठमाडौं : जनकपुरधाम- नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भारतको विहार राज्यको मधुबन्नी जिल्लाको शौराठमा शनिबार बसेको जिल्ला स्तरीय सीमा समन्वय बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागूऔषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने र सीमा क्षेत्रबाट हुने गरेका अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने लगायतका निर्णय भएको छ । सिमानामा दुवै देशका सुरक्षा गस्ती बढाउने, सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुर्न निर्माणका लागि संयुक्त सर्भेका लागि केन्द्रमा लेखि पठाउने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपाल तर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी…

Read More

काठमाडौँ : आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको हो । छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भएको थियो । यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्रीसँगको…

Read More