Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको अत्तरियामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहेको अत्तरियास्थित महेन्द्रनगर रोडमा नयाँ अस्पताल सञ्चालनमा आएको हो । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै १५ करोडको लगानीमा अत्तरिया हस्पिटल प्रालि संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा आन्नद पाठकले जानकारी दिए । अस्पतालले अहिले १५ बेडको स्वीकृती लिएकोमा एक सय बेडसम्मको भौतिक संरचना निर्माण गरिएको उनले बताए । प्रदेशवासीलाई गुणस्तरीय सेवा दिने अस्पतालले दाबी गरेको छ । अस्पतालले ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु, एनआईसियुको सेवा दिने जनाएको छ । यस्तै आकस्मिक उपचार, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स,…

Read More

बाजुरा- बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् । बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै सरकारले सिडिओसहित सुरक्षा अधिकारीहरु फेरेको हो । यसअघि निर्वाचन आयोगले कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । अहिले बाजुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाशचन्द्र अधिकारी आएका छन् । उनी अध्यागमन विभागमा कार्यरत थिए । यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुखमा नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापा हाँजिर भएका छन् । यस्तै सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ । उनीहरु तीनै जनालाई…

Read More

बैतडी- बैतडीका विभिन्न तीन पालिकाका तीन वडामा पानी पुगेपछि स्थानीय खुशी भएका छन् । जिल्लाको सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–६ र मेलौली नगरपालिकाको काँडा बजारमा खानेपानी पुगेपछि त्यहाँका स्थानीय खुशी भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट लिफ्ट खानेपानी निर्माण गरिएपछि गाउँमा खुसियाली छाएको हो । अहिले त्यहाँका स्थानीयले टाढा पुगेर पानी बोकेर खानुपर्ने बाध्यता हटेको बताएका छन् । यसअघि ती गाउँहरुमा दैनिक एक घण्टा ओरालो, उकालो गरेर खानेपानी बोक्नुपर्ने बाध्यता थियो ।

Read More

कैलाली- कैलालीमा माछा मार्नेक्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ कुटी बस्ने ३५ वर्षीय बिनोद राजीको सोही ठाउँमा मोहना नदीमा डुबेर मृत्यु भएको हो । उनको आइतबार नदीमा डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रमा एक वर्षदेखि उठ्न नसकेको ढुंगा गिट्टी नगरपालिकोले उठाएको छ । सदरमुकाम क्षेत्रमा खानेपानी पाइपको खोदान खन्ने क्रममा सडक छेउमा राखिएका ढुंगा गिट्टी नगरपालिकाले सफाई गरेको हो । महाकाली नगरपालिकाको डोजर प्रयोग गरि सदरमुकाम क्षेत्रमा कुरुपको रुपमा देखिएको ढुंगा गिट्टी सफाई गरिएको छ । नगरप्रमुख नरसिंह चैसिरको सक्रियतामा बजारभरी रहेको ढुंगा गिट्टी सफाई गरिएको हो । यस्तै धेरैदिन उठ्न नसकेको फोहोर पनि उठेको छ । बजारमा जथाभावी रुपमा फालिएका फोहोर उठाइएको छ । नगरबासीले बजार क्षेत्रमा भएको ढुंगा गिट्टी सफाई अभियानलाई सकारात्मक भन्दै वीरेन्द्र वन क्षेत्रमा रहेका सडकका खाल्डाखुल्डी समेत बन्द गर्न माग गरेका छन्…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नगरबासीका गुनासा र सुन्न र सम्बोधन गर्न आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख हमालले धनगढीबासीका गुनासा, सल्लाह–सुझाव तथा समस्या सम्बोधन गर्नका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन उनले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरे । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएमा यही नम्बरमा आफूलाई सिधै सम्पर्क गर्न सकिने उनले बताए । कहीँकतै कमी कमजारी भएमा तुरुन्तै कारबाही गरिने उनले बताए । उनले व्यक्तिगत कामका लागि भने उक्त…

Read More

दार्चुला – स्थानीय तह निर्वाचन २०७९ पश्चात् मार्मा गाउँपालिका गाउँकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । मार्मा गाउँकार्यपालिकाको सभाहलमा बसेको बैठकले लटिनाथ क्याम्पसलाइ आंगिक क्याम्पस बनाउन पहल गर्ने, चालु तथा निर्माणाधीन अवस्थामा रहेका सडक पूरा गर्ने र थप सडकको लागि आवश्यक बजेट माग गर्ने, दुई वर्ष भित्र उज्यालो मार्मा घोषणा गर्न प्रत्येक घरधुरिमा बिधुतको पहुँच पुर्याउने, आगामी दुई वर्ष भित्र प्रत्येक घरधुरिमा खानेपानीको धारा पुर्याउने लगायत विभिन्न ३१ वटा निर्णय गरेको मार्मा गाउँपालिका प्रवक्ता धिरेन्द्र सिह धामीले जानकारी दिनुभयो । मार्मा गाउँकार्यपालिकाको प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बिधान समिति संयोजकमा जमन सिंह धामी, पालिका प्रवक्तामा धिरेन्द्र सिंह…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह आफ्नो पदभार ग्रहण गरेलगत्तै सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न पुगेका मेयर बालेनले भेटमा विपद व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । यस्तै प्रधानसेनापति शर्माले नवनिर्वाचित मेयर बालेनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् । जारी बैठकमा सम्पन्न निर्वाचनमा एकअर्कालाई सहयोग/असहयोग गरेको विषयमा पनि समीक्षा हुनेछ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी…

Read More

काठमाडौं – सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

Read More