दार्चुला– दार्चुलाको महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रमा एक वर्षदेखि उठ्न नसकेको ढुंगा गिट्टी नगरपालिकोले उठाएको छ । सदरमुकाम क्षेत्रमा खानेपानी पाइपको खोदान खन्ने क्रममा सडक छेउमा राखिएका ढुंगा गिट्टी नगरपालिकाले सफाई गरेको हो । महाकाली नगरपालिकाको डोजर प्रयोग गरि सदरमुकाम क्षेत्रमा कुरुपको रुपमा देखिएको ढुंगा गिट्टी सफाई गरिएको छ ।
नगरप्रमुख नरसिंह चैसिरको सक्रियतामा बजारभरी रहेको ढुंगा गिट्टी सफाई गरिएको हो । यस्तै धेरैदिन उठ्न नसकेको फोहोर पनि उठेको छ । बजारमा जथाभावी रुपमा फालिएका फोहोर उठाइएको छ । नगरबासीले बजार क्षेत्रमा भएको ढुंगा गिट्टी सफाई अभियानलाई सकारात्मक भन्दै वीरेन्द्र वन क्षेत्रमा रहेका सडकका खाल्डाखुल्डी समेत बन्द गर्न माग गरेका छन् ।
महाकाली नगरपालिकाको गल्फै क्षेत्रमा कालापत्रे सडक भइरहेको बेला वीरेन्द्र वन क्षेत्रको सडकको खाल्डाखुल्डी पुरेर सफा नगर बनाउन स्थानीयले माग गरेका हुन् । यसैबीच महाकाली नगरपालिका नगरप्रमुख चैसिर र शैल्यशिखर नगरप्रमुख विजसिंह धामी नगरपालिका भित्रका विभिन्न क्षेत्रमा सरसफाई अभियानमा लागेका छन् ।
शैल्यशिखर नगरप्रमुख धामीले वडा नम्बर ५ को बगौरा क्षेत्रमा भएको नाली सरसफाई गर्दै गरेको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भएको छ । उमेरले बयोबृद्ध मेयर धामी आफै सडकमा नाली सफा गर्न पुगेपछि अरुले पनि सहयोग गरेका छन् ।
1 Comment
Great 👌👍 work