Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । तर आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर सभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने साहले बताए ।

Read More

पर्सा – मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फुलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् । प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज लगेका थिए । वीरगन्जको बसपार्कस्थित एक होटलमा लगि ती युवतीलाई उनले पटकपटक करणी गरेका थिए । त्यसपछि जेठ ९ गते वीरगन्ज महानगरपालिका–१६ स्थित…

Read More

काठमाडौं – सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/ ८० बजेट संसदमा प्रस्तुत बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रुपैयाँ व्यवस्था बजेटमा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि २१ अर्ब ६२ करोड रुपैयाँ छुट्टयाइएको छ । यसमा पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड र हवाई पूर्वाधार विकासका लागि १२ अबै २४ करोड रुपैयाँको व्यवस्था गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि…

Read More

नयाँ दिल्ली  – कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । पञ्जाब सरकारले  मूस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो । पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो । मूस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेपालले सो धारणा राखेका हुन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो । छलफलमा सहभागी नेता नेपालले राज्यका कुनै पनि निकाय विकासको बाधक बन्न नहुने बताए । ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने । उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउँदै उनले भने, ‘यो…

Read More

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली आज (सोमबार) साँझदेखि सुरु गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो । नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने सूचनामा जनाइएको छ । विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण र सपथ ग्रहण गराइएको छ । सपथग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसहित सम्पूर्ण ३२ वडाकै वडाध्यक्ष, वडासदस्य, दलित महिलालगायतको उपस्थिति रहेको छ । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।

Read More

काठमाडौं – आज सोमबार छापावाल सुनको मूल्य २ सय रुपैँयाले बढेर ९८ हजार २०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ ५ रुपैँयाले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कायम भएको छ ।

Read More

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

Read More