Author: Dipak Dhamala

काठमाडौं – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।  युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए । खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को…

Read More

राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ। आयोगले कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार जरिवाना गराएको हो। सूचना उपलब्ध गराउन आयोगबाट निर्देशन दिँदासमेत मागकर्तालाई सूचना नदिएपछि कारबाही गर्नु परेको आयोगले जनाएको छ। आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम साहलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

Read More

काठमाण्डाै – दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाले खाद्यान्न अभाव भएको जनाएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको भन्दै पालिकाले सूचना निकालेर आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको हो । गाउँपालिकाको वडा नम्बर–४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको छ । सडकको पहुँच नहुँदा व्यासको माथिल्लो क्षेत्रमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय…

Read More

काठमाण्डाै – सरकारले १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । यसअघि हिजोेसम्म औषधि खुवाइने भनिए पनि थप पाँच दिन समय थप गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आउँदो ३० गते मङ्गलवारसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ । गएको ११ गतदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलिरहेको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाएर खुवाइएको डाक्टर दासले बताउनुभयो । औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ। गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि फागुन ४ गते मुम्बई लगिएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो । जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्। सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै…

Read More

काठमाडौँ । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।   गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।  त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोलि प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

Read More

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ। सभामुख  घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् । यसपछि बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई…

Read More

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।  बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् । ०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले…

Read More

काठमाडौँ । सभामुख देवराज घिमिरे आज बहराइन जाने भएका छन् । आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लागेका हुन् । सभामुखमा निर्वाचित भए पछि उनको पहिलो विदेश भ्रमण हो ।  नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका…

Read More

काठमाडौँ। सङ्क्रमणकालीन न्यायलाई चाँडो तार्किक निष्कर्षमा पुर्‍याउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। छ महिनाअघि राजनीतिक सहमति नहुँदा बिथोलिएको विधेयकका अन्तर्वस्तु नै यथावत् राखेर सरकारले विधेयक दर्ता गरेको हो।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट विधेयक दर्ता भएको हो। दर्ता गरिएको विधेयकको अन्तर्वस्तु यसअघि प्रतिनिधि सभाको विषयगत समितिबाट अघि बढ्न नसकेको विधेयकसँग मिल्दो छ। तत्कालीन कानुनमन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले ल्याउनुभएको विधेयकमा द्वन्द्वकालीन मुद्दाको वर्गीकरण, विशेष अदालतको फैसलाको पुनरावेदनलगायतका विषयमा सहमति नभएपछि समितिबाट अघि बढ्न सकेको थिएन। अहिले दर्ता भएको नयाँ…

Read More