धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा एउटै प्रदेशसभा निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको भेटिएको छ। कैलाली क्षेत्र नम्बर ५ (२) अर्थात धनगढीको मुख्य क्षेत्रमा बजेट खन्याइएको हो।
प्रदेशले बजेटमा धनगढीका एक सय तीन वटा सडकसहित भौतिक संरचना निर्माण, सामाजिक क्षेत्र गरी एक सय ६४ वटा विकास योजना अटाएका छन्। जसका लागि ७२ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ।
यो क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रकाश देउवा निर्वाचित भएका हुन्। उनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत हुन्।
प्रदेश सरकारले ल्याएको बजेटमा पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ छुट्ट्याइएको छ। जसको ठुलो हिस्सा धनगढीका लागि छुट्याइएको हो।
Facebook Comments Box